बरिष्ठ आर्ट निर्देशक एवंम कलाकार उद्धवराज भट्टराई ( जुंङ्गे दाई ) को निधन भएको छ । बैतडीको पाटन नगरपालिका १ घर भएका भट्टराईको शनिवार उपचारका लागि काठमाडौ लैजाने क्रममा चितवनमा ६६ बर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखी दम रोगबाट पीडित भट्टराईको आर्थिक अभावका उपचारमा समस्या भैरहेको थियो । जुङ्गे दाईका नामले दर्शक माझ परिचीत भट्टराई बिगत पाँच दशक देखी नेपाली चलचित्र नगरीको भेषभुषा तथा कला क्षेत्रमा क्रियाशिल थिए । नेपाली हाँस्य टेलिचलचित्र जिरे खुर्सानी , सहित अन्य नेपाली चलचित्रहरुमा पनि उनले अभिनय गरेका छन् ।
महजोडीका हरिबंश आर्चायले रात टेलिचलचित्रमा प्रयोग गरेको थेगो क्या नाम सो डिस्र्टव जुङ्गे दाईबाट सापटी मागेका थिए । जुङ्गे दाई आर्ट निर्देशक मात्र नभई शसक्त अभिनय गर्न सक्ने अब्बल कलाकार पनि रहेको उनका समकालीन कलाकारहरु बताउछन् ।
पछिल्लो समय ‘प्रेमगीत ३’का लागि भट्टराईले ९३ वटा नक्कली बन्चरो बनाइदिएको समेत चर्चा चलेको थियो। ‘सेतोबाघ’ चलचित्रमा श्रीपेच र शेष नाग उनैले बनाए। माया पिरती’, ‘प्रेमपिण्ड’, ‘युगदेखि युगसम्म’, 'राजमति', 'लर्ड बुद्ध', 'प्रेम-पिण्ड', 'मुनामदन', ‘जय बाबु पशुपतिनाथ’, ‘श्रिस्वस्तानी’ ‘भाग्यरेखा’, ‘सन्तान’ लगायतका थुप्रै चलचित्रमा कला निर्देशकका रुपमा काम गरेका थिए । उनले रेडियो नेपालमा देउडा गीत पनि गाएका छन्।
उनी दर्शक माझ उद्धवराज भट्टराई भन्दा बढी जुंङ्गे दाईको नामले बढी परिचित थिए । नेपाल सरकारबाट बिभुषित भट्टराईले नेपाल अर्माी गुर्जु पल्टनमा पुराना कलासंस्कृतिको निमार्ण गर्ने गरेका थिए ।