बैतडी,
आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय छनोट भदौ १० देखि सुरु हुने भएको छ । बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीका अनुसार उक्त प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक आवेदन भरेका महिला र पुरुष खेलाडीको छनोट भदौ १० देखि भदौ १५ सम्म हुने भएको हो ।
पहिलो दिन टेबलटेनिस ९महिलारपुरुष०, बुद्धिचाल, भारत्तोलन पुरुष, कराँते, तेक्वान्दो ९महिलारपुरुष० छनोट सदरमुकाममा हुनेछ । दोस्रो दिन सदरमुकाममै ब्याडमिन्टन ९महिलारपुरुष०, उस्सु फुल कन्टयाक्ट कराँते ९महिलारपुरुष०, मेलौली खेल मैदानमा भलिबल ९महिलारपुरुष० छनोट भदौ १२ गते हुने जनाइएको छ ।
यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी ९महिलारपुरुष०, एथलेटिक्स ९महिलारपुरुष०, फुटबल, बक्सिङ ९पुरुष०, भदौ १४ गते देहिमाडौँ खेल मैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद समितिले जनाएको छ ।\
छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका ३२५ खेलाडीले आवेदन भरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।