बैतडी
बैतडीको पाटन नगरपालिका वडा नं ९ मा रहेको सरस्वती आधारभुत विद्यालय दुई तारे विद्यालय घोषणा गरिएको छ ।
आज एक औपचारीक कार्यक्रमकाबीच दुई तारे विद्यालय घोषणा गरिएको हो ।
युनिसेफ र रुडेस बैतडीको आर्थिक तथा प्राविधिक सहयोग र पाटन नगरपालिकाको समुन्वयमा खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्दन कार्यक्रम अन्तरगत सरस्वती आधारभुत विद्यालय दुई तारे विद्यालय घोषणा गरिएको हो ।
खानेपपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, स्थनपान व्यवस्था र दिगोपना विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिता लगायतका १० वटा सुचकको आधारमा वर्गीकरण गरी स्टार (तारे) विद्यालय घोषणा गर्ने गरिएको रुडेस बैतडीले जनाएको छ ।
बालमैत्री धारा, विद्यालयको सरसफाई, खानेपानीको सुबिधा लगायतका सुचकहरुबाट विद्यालयलाई एक तारे देखि तीन तारे सम्मको विद्यालय घोषणा गरिदै आएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयन्ती विजलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर उपप्रमुख कमल बोहरा रहनु भएको थियो । बिशिष्ट अतिथिमा वडा नं ८ का वडा अध्यक्ष एवं पाटन नगरपालिकाका समाजिक विकास संयोजक हरिश बिष्ट, रुडेस बैतडीका कार्यकारी निर्देशक गेविन्द राज जोशी, वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बिष्टलगायतका जनप्रतिनिधि, बिद्यार्थी, अविभावक लगायतका स्थानीयहरुको उपस्थिती रहेको थियो ।
विद्यालयहरुमा सच्छता कार्यक्रमले शैक्षिक गुणस्तर बृद्धीका लागि पनि भुमिका खेल्ने रुडेस बैतडीका कार्यकारी निर्देशक जोशीले बताए । नेपाल सरकारले अघि सारेको अवधारणा अनुरुप विद्यालय वर्गिकरण गरिएको उनले बताए । दिगो विकासको लक्ष अनुरुपा कार्यक्रम कार्यान्वयन भइरहेको पनि उनले बताए ।
विद्यालय स्वच्छता कार्यक्रम अन्य विद्यालयहरुमा पनि निरन्तरता दिन सकिने र स्वच्छता कार्यक्रमका लागि गैह्र सरकारी सस्थाहरुको सहयोग प्राप्त हुनेमा बिश्वस्त रहेको नगर उपप्रमुख बोहराले बताए ।
नगरपालिकाले शैक्षिक गुणस्तरका लागि विद्यालय समायोजनका बिषयमा राय संकलन गरीरहेको र सबैको सुझावका आधारमा अघि बढ्ने कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुले बताएका थिए ।