बैतडी,
नेपाली कांग्रेस बैतडीलेपनि ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेका छ । आइतबार जिल्लाको डिलाशैनी गाउँपालिका ५ बाट उक्त अभियानको सुभारम्भ भएको भएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेम बहादुर चन्दले जानकारी दिनुभयो ।
सोमबार जिल्लाको दोगडोकदार गाउँपालिकामा सञ्चालन हुने छ । यसैगरी चैत्र १ गते सुर्नया गाउँपालिकामा, २ गते दशरथचन्द नगरपालिकाको देहिमाण्डौमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सञ्चालन हुने छ । यसैगरी ५ गते पाटन नगरपालिकामा, ६ गते पञ्चेश्वर गाउँपालिकामा, ७ गते शिवनाथ गाउँपालिकामा, ८ गते मेलौली नगरपालिकामा, ९ गते पुर्चाैडी नगरपालिकाको हाटमा र १० गतेको दिन सिगास गाउँपालिकामा अभियान सञ्चालन गर्ने योजना रहेको चन्दले बताउनुभयो । बैतडीका लागि कांग्रेसले केन्द्रबाट जिल्ला प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य यज्ञराज जोसीलाई खटाएको छ ।
जिल्ला कार्यसमितिले पनि १० वटै पालिकामा प्रतिनिधि खटाएको छ । डिलाशैनीमा पुर्व कांग्रेस जिल्ला सभापती नरेन्द्र सिह थापा, दोगडाकेदारमा महादिवेशन प्रतिनिधि हरीमोहन भण्डारी, सुर्नयामा दिपेन्द्र बहाहदुर बम, पञ्चेश्वरमा पुर्व महादिवेशन प्रतिनिधि शेरीराम पार्की, शिवनाथमा महादिवेशन प्रतिनिधि एवम मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिह नायक, मेलौलीमा पुर्व पार्टी सभापती शिवराज भट्ट, पाटन नगरपालिकामा सभापती चतुर बहादुर चन्द, पुर्चाैडीमा पाटन नगरपालिकाका नगरप्रमुख केशव बहादुर चन्द र सिगास गाउँपालिकामा बिष्णुदत्त जोशीलाई जिल्लाको तर्फबाट प्रतिनिधिको रुपमा खटाएको छ ।
यो अभियान एक महनिासम्म चल्ने कांग्रेस बैतडीले जनाएको छ। जिल्लाका ८४ वटै वडामा पनि जिल्ला कार्यसमितिका सदस्यहरु, क्षेत्रिय कार्यसमितिका पदाधित्रकारी र सदस्यहरुलाई वडावडामा खटाएको छ ।
चैत २९ गतेसम्म चल्ने अभियानमा नागरिकलाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्त्वपूर्ण विषयलाई नागरिक समक्ष पुर्याउने कार्यक्रम रहेको छ ।
स्थानीय तहको चुनावको लागि माहोल बनाउने लगायत आठ वटा मुद्दामा अभियान केन्द्रित हुने छ। पार्टीका नेता–कार्यकर्ताहरुलाई जिम्मेवारी बाँडफाँट, एमसीसी सम्झौता पारित गरेको बारेमा यथार्त कुरा नागरिकलाई जानकारी गराउने, कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गएको तीन वर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण नागरिक समक्ष व्यापक रूपमा राख्ने बताइएको छ ।