बैतडी
बैतडीमा करिव ४५ प्रतिशत भु–भागमा विद्युतसेवा विस्तार भएको छ भने, अरु ठाउँमा पनि विद्युत विस्तारको काम चलिरहेको छ । विद्युत विस्तार भएका अधिकांश ठाउँमा राष्ट्रिय प्रशारण लाइनको विद्युत पुगेको हो ।
विद्युत पुगेपनि विद्युत पुर्याउने कार्य परिपक्क नहुदाँ धेरै ठाउँमा दुर्घटनाको जोखिम रहेको छ ।
विद्युत विस्तारका बखत ठेकेदारले पोलहरु राम्रोसंग नगाड्ने तथा तारहरु परिपक्क तवरले नतान्ने गरेका कारण यो समस्या देखिएको हो ।
विद्युत विस्तारमा ठेकेदारले ठुलो लापरवाही गरेकाले दुर्घटनाको जोखीम बढेको मेलौली नगरपालिका–७ का स्थानियबासी केशवसिंह भाटले बताए । उनले भने,‘विद्युतका खम्बाहरु ५फिट बढी गाड्नुपर्नेमा सडक खनेको माटोमा २फिट मात्रै गाडेको छ । न सपोट तार परिपक्क तवरले हालेको छ, नत तारको जडान परिपक्क छ । जसले गर्दा ठाउँठाउँमा खम्बाहरु ढलेकाछन् र तारहरु छताछुल्ल भएकाछन् । मेलौली ल्याउनका लागि विस्तार भएको लाइनमा एकै खम्बापनि परिपक्क देखिएन् । आज एउटा खम्बा ढले भोली अर्को ढल्छ ।’
मेलौलीमा मात्रै नभई जिल्लाको सिगासका लागि लगिएको लाइन पनि जाखिमपुर्ण रहेको छ । सडक छेउमा गाडिएका अधिकांश खम्बाहरु ढलेकाछन् । आधा ढलेका खम्बाहरुबाटै विद्युत प्रशारण भैरकेको छ तर यसलाई व्यवस्थीत गर्न कसैको ध्यान गएको छैन् । खोड्पे–बिन्द्रावन सडकमामा करिव १दर्जन खम्बाहरु आधा ढलेर बांगो भएका छन् भने, सपोट तारहरु टुटिसकेकाले दुर्घटनाको जोखीम बढेको छ ।
मेलौली–पञ्चेश्वर लाइन विस्तारका लागि २बर्ष अघि बझांगका ठेकेदार भानुभक्त जोशीको ठेक्का भएको थियो । उक्त ठेक्काको म्याद थप गर्दा पनि ठेकेदाले काम सम्पन्न नगर्दा विद्युत सामग्री समेत सडक किनारमै अलपत्र छन् भने, केहि सामग्री हराइसकेकाछन् ।
मेलौली–पञ्चेश्वर विद्युत विस्तार गर्ने ठेकेदारले काम राम्रो नगरेकाले विद्युत प्राधिकरण प्रदेश कार्यालयले पुनः ठेक्का आह्वान गरेको शाखा कार्यालय बैतडीका प्रमुख पवन भट्टले बताए ।
जिल्लाका अन्य ठाउँहरुमा विद्युत सेवा अवरुद्ध भएको जानकारी पाएमा आफुहरुले बनाउने गरेको उनले बताए । ठेकेदारले विद्युत विस्तारमा लापरवाही गरेमा कारवाही गरिने उनको भनाई छ ।