बैतडी
जिल्ला प्रशासन कार्यालय बैतडीमा हाल दैनिक ३सय बढी सेवाग्राहिको भिड लाग्ने गरेको छ । नागरीकता, राहदानी, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, संस्थादर्ता तथा नविकरण लगायतका सेवा लिने सेवाग्राहिको भीड लाग्ने गरेको हो ।
प्रशासन कार्यालयमा कर्मचारीको अभाव हुदाँ भिड थेग्नै मुस्कील हुने गरेको छ । विगतमा कोरोना महामारीका बेला केहि समय सेवा अवरुद्ध भएकाले समेत अहिले भीड भएको हो ।
केहि समयअघि भने भिडभाड र कोरोनाको प्रभावका कारण हप्ताका बार अनुसार फरक स्थानियतहका सेवाग्राहीलाई सेवा दिइएको थियो । बढी सेवाग्राहि आएका कारण सेवा पाउन ढिलाई हुदाँ केहि सेवाग्राहिहरु प्रशासनको बरण्डामै सुतेको पाइन्छ भने, केहि सेवाग्राहि लाइनमा ठेलमठेल गरिरहेका हुन्छन् ।
जिल्लाका दुर्गम ठाउँहरुबाट सेवाग्राहि आउने भएकाले सबैलाई सहज रुपमा सेवा प्रवाह गर्ने कार्यमा लागिपरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारती बताए । उनले भने, ‘१दिन त २जना सेवाग्राही लाई खानबस्न समेत दिएर समेत सेवा दियौँ ।’
अहिले कोरोनाको प्रकोप न्युनिकरण भएसंगै सबै सेवाग्रहीलाई लाई सबैदिन सेवा खुल्ला गरिएपछि भिडभाड बढेको हो । यसका साथै राष्ट्रिय परिचयपत्र बनाउने समय भएकाले सेवाग्राहीको भीड बढेको प्रशासकीय अधिकृत भारतीले बताए । उनले भने,‘२३जनाको दरबन्दी हो । अहिले १६जना मात्रै छौँ । मुख्य कामहरुका लागि कर्मचारी अभाव छ । राहदानी शाखामा कर्मचारी नै छैनन् । अन्य शाखाहरुमा पनि अभाव छ । त्यसैले एकै कर्मचारीले बढी काम गर्नुृपर्ने बाध्यता रहेको छ ।’ जिल्ला प्रशासनमा २३ जना कर्मचारीको पदपुर्ती भएमा सबै असहजता हट्ने उनको भनाई छ ।
कर्मचारीको पदपुर्तीका लागि पटक पटक माग गरेपनि कर्मचारी पाउन नसकेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । मुस्कीलले एकजना कर्मचारी थप गर्न सकेको उनले बताए । सेवाग्राहीको चाप बढ्दा कहिलेकाँही राति ९बजे सम्म सेवाग्राहिलाई सेवा दिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।