बैतडी
पाटन नगरपालिकाको शनिबार सम्पन्न नगरसभाले ६७ करोड रकम बराबरको बजेट पारित गरेको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पुर्वाधार निर्माणमा जोड दिइएको नगरपालिकाले जनाएको छ । यसका साथै विगतका बर्षमा सम्पन्न योजनाहरुको बक्यौता रकम तिर्नुपर्नेमा समेत बजेट छुट्याइएको नगर उपप्रमुख कमलसिंह बोहराले बताए ।
यसैबिच नगरसभाको बहुमतले पास गरेको बजेट प्रति नेकपा एमालेबाट निर्वाचीत सदस्यहरुले असहमती जनाएकाछन् । एमालेबाट निर्वाचित १९ नगरसभा सदस्यहरुले बजेट प्रति असन्तुष्टी जनाउदैँ प्रेश विज्ञप्ती जारी गरेका छन् ।
विज्ञप्तीमा १०असारमा ल्याइएको निति तथा कार्यक्रममा बजेट आधारीत नरहेको, सम्पुरक बजेट पुर्वाग्रही ढंगले वितरण गरिएको, टोल र बस्ती भेलाबाट आएका योजनाहरुलाई बेवास्ता गरिएको तथा आवस्यकता बेगर बजेट बिनियोजन भएको भन्दै असन्तुष्टीका ३बुँदा सहितको विज्ञप्ती जारी गरिएको नगरसभा सदस्य भीम भट्टले बताए ।
उक्त विज्ञप्तीमा एमालेबाट निर्वाचित ४जना वडाअध्यक्ष र १५जना सदस्य गरि १९ जनाको हस्ताक्षर रहेको छ ।
विज्ञप्ती जारी गर्ने सदस्यहरु नगरसभामा उपस्थीत नै नरहेको नगर उपप्रमुख बोहराले बताए । उनले भने,‘विज्ञप्ती जारी गर्ने साथीहरु नगरसभामै उपस्थीत भएनन् । नगरसभामा आएको भए छलफल हुन्थ्यो । तर नगरसभामा उपस्थीत सबै सदस्यहरुले बजेट पारित गरेको हौँ । त्यसैले बजेट सर्वसम्मत पास भएको महशुस गरेका छौँ ।’