बैतडी,
बैतडीको पाटन नगरपालिका ८ मा खोप समन्वय समिति गठन गरिएको छ । वडा अध्यक्ष हरिश बिष्टको अध्यक्षतामा खोप समन्वय समिति गठन गरिएको हो ।
वडा अध्यक्षकै संयोजकत्वमा खोप समुन्वय समिति गठन गरिने ब्यवस्था छ । सोहि अनुरुप आज वडा अध्यक्ष बिष्टको संयोजकत्वमा खोप समुन्वय समिति गठन गरिएको हो । वडा अध्यक्षको नेत्तृत्वमा गठन हुने खोप समन्वय समितिमा वडा सचिव, वडा सदस्य, महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने प्रतिनिधि, बालक्लबका प्रतिनिधि, बिद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, प्रतिष्ठित ब्याक्तिहरुको समुहबाट एकएक जना र सम्बन्धित स्वास्थ्य चौकीका प्रमुख तथा इन्चार्ज सदस्य सचिवमा रहन पाउने ब्यवस्था अनुरुप खोप समुन्वय समिति गठन गरिएको सिद्धेस्वर स्वास्थ्य चौकी इन्चार्ज जयराज भट्टले जानकारी दिए ।
वडस्तरीय खोप समुन्वय समितिको सदस्यमा वडा सचिव शरद प्रशाद भट्ट, वडा सदस्य कृष्ण महरा, बिद्यालय ब्यवस्थापन समितिबाट दिवान सिंह बिष्ट, शिक्षकबाट देवदत्त अवस्थी, महिला स्वास्थ्य स्वयमसेविकाबाट राधा बिष्ट, महिला सञ्जालबाट, द्रोपती ऐर, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने प्रतिनिधिबाट मेनुका उपाध्यक्ष, बालबालिकाबाट अञ्जना महरा, प्रतिष्ठत ब्याक्तिहरुको समुहबाट गणेश बहादुर ऐर सदस्यमा चयन भएका छन् । सिद्धेस्वर स्वास्थ्य चौकी इन्चार्ज जयराज भट्ट सदस्य सचिवमा चयन भएका हुन् ।