बैतडी
बैतडीको गोकुलेश्वर सुगम ठाउँको रुपमा रहेको छ । यहाँ प्रसिद्ध व्यापारीक केन्द्र, कृषि कलेज, सरकारी तथा बोर्डिंग स्कूलहरु, बैंक तथा वित्तिय संस्था रहेकाछन् । गोकुलेश्वर बजार स्थीत महाकाली राजमार्गबाट १सय मिटरको दुरीमा रहेको प्रहरीचौकीको भौतिक संरचना भने निकै नाजुक रहेको छ ।
गोकुलेश्वर प्रहरीचौकी भाडाका घरमा राखिएको छ । यो चौकीको भवनको छत बर्षाका बेला चुहिने गर्दछ । प्रहरीचौकीको कार्यक्षेत्र ठुलो भएकाले कम्तीमा १०जना प्रहरी कर्मचारी यहाँ बस्दछन् । तर उनिहरुले चुहिने घरमा बस्नै मुस्कील छ । प्रहरीचौकीको घरमा ५ कोठा रहेकाछन् भने कुनैपनि कोठा बस्नलायक छैनन् । घरभाडा सस्तो भएकाले भाडामा लिइएको उक्त घरको शौचालय जिर्ण अवस्थाको छ भने, घरको नजिक पानिको धारा नहुदाँ समस्या छ ।
प्रहरीचौकीका इन्चार्ज, प्रहरी नायव निरिक्षक नरेन्द्रसिंह धामीले भने,‘घर जिर्ण हुदैँ गएको छ यहाँ गाडी वा मोटरसाइकल आउने बाटो छैन् । पैदल आउने बाटो समेत निकै साघुँरो र भिरको बाटो रहेको छ । मदिरा सेवन गरि होहल्ला गर्ने वा आरोपित व्यक्तिलाई चौकीमा ल्याउन समस्या छ ।’
चौकीमा थुनवा कक्ष नभएकाले सोधपुछका लागि कसैलाई राति राख्नु परेमा इलाका प्रहरी कार्यालय पाटनमा जानकारी गराई इ.प्र.का.को समन्वयमा छिमेकी दार्चुलाको शैल्यसिखर स्थीत इ.प्र.का. पु¥याउनुपर्ने बाध्यता छ ।
गोकुलेश्वर प्रहरीचौकी जाने जोखिमपुर्ण बाटोबाट गतबर्ष एक प्रहरी जवान चौलानी किनारमा खसेको स्थानिय व्यवसायी सुरेश श्रेष्ठले बताए । घाइते जवानको उपचारमा १२लाख रकम खर्च भैसकेको श्रेष्ठले बताए । उनले भने,‘गोकुलेश्वर प्रहरीचौकीका लागि घर निर्माण, खानेपानी र बाटो जरुरी देखिन्छ । अरुलाई सुरक्षा दिने निकाय आफै असुरक्षित भएकाले यसतर्फ सरकारको ध्यान जाओस ।’
गोकुलेश्वर प्रहरीचौकीको समस्या समाधानको पहल गर्ने डिलाशैनी गाउँपालिकाका प्रवक्ता ज्ञयराज भट्टले बताए । प्रहरीचौकी निर्माणका लागि जग्गा माग गरिसकेको र जग्गा प्राप्त भएपछि घर निर्माण गर्न पालिकाबाट सम्धव नभए माथिल्लो सरकार तथा गृहमन्त्रालयसंग पहल गर्ने उनले बताए । प्रहरीचौकीको समस्या समाधान गर्न स्थानिय सरकार र जिल्ला प्रहरी कार्यालयले पहल थाल्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।