बैतडी
बैतडीको दशरथचन्द नगरपालिका वडा न. ७ सुर्कालका नन्दराज बडु द्वन्द प्रभावित व्यक्ति हुन् । उनि तत्कालिन विद्रोहि पक्ष भनिएको नेकपा माओवादीमा संलग्न भएकाले उनका बुवालाई बेपत्ता पारियो । बुवाको अवस्था अझै आज्ञात छ । २०बर्ष अघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपूर जादैँ गरेका उनका बुवा गंगादत्त बडु बाटो बाटै बेपत्ता भए ।
बुवालाई खोज्न नेपाल र भारतका धेरै ठाउँ घुमेपनि भेट्टाउन सकिएन् । नन्दराजले आफ्नो बुवा मात्रै गुमाएनन् । आफुले पनि माओवादी भएका कारण प्रहरी र तत्कालिन शाही नेपाली सेनाको पटक पटक कुटाइ खाए । कतिपय पटक त उनलाई नांगै पारेर समेत कुटपिट गरियो । अहिले उनको सरीरका सबै अंगले राम्रोसंग काम गर्दैन् । सरीर दुखिरहन्छ ।
नन्दराजका छोरा समेत खुट्टाका अपांग छन् । छोराको उपचार गर्न र पैषा जुटाउन भारतका विभिन्न ठाउँहरुमा मजदुरी गरेपनि छोराको उपचार सम्भव भैसकेको छैन् ।
उनि भन्छन्,‘द्वन्दकालका धेरै घाइते र वेपत्ता परिवारले सरकारबाट राहत प्राप्त गर्दा मैले केहि पाएको छैन् । बुवा बेपत्ता भएको २०बर्षपछि बल्ल गत मंसिरमा वेपत्ता परिवारको परिचयपत्र पाएँको छु । म जस्ता दर्जनौँ साथीहरुले १०देखि १५ लाख रकम पाएका छन् मैले केहि पाएको छैन् । मेरै पार्टिका नेताहरुबाट राहतको आश्वासन पाउछु तर राहत पाउदैँन् । भारतमा जुठो भाडा माझ्ने काम गर्न गएपनि मेरो घरमा प्रहरी आयो घर आउ भन्ने सन्देश गइरहन्छ ।’
पीडित बडु अहिले आफ्नो पार्टीको प्रदेस इन्चार्ज खगराज भट्टलाई भेट्न घनगढी गएकाछन् । उनले दर्जनौँ पटक तत्कालिन शान्ती समिती, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी सस्था सबै ठाउँ धाएपनि केहि सहयोग नपाएको गुनासो गरे ।
आफ्नो बुवाको मृत्यु भएको जानकारी मात्रै पाएपनि काज किरिया गर्थे तर न सास न लास भनेझैँ केहि खबर आएको छैन् । उनका बुवालाई तत्कालिन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ । अहिले नन्दराजको आशा भनेको सरकारबाट राहत पाउनु मात्रै रहेको छ । गरिब परिवारका उनको आम्दानीको श्रोत केहिपनि छैन् । राहतका लागि धाउँदा धाउँदै मजदुरी समेत गर्न पाएका छैनन् । ठुलै नेताहरुबाट आश्वासन पाउने गरेका बडुको पीडा सम्बन्धीत निकायले बुझिदेला त ?