बैतडी
बैतडीमा ग्रामिण उद्यमसिलता कार्यक्रम अन्तरगत सुधारिएको चुलो निर्माण तथा मर्मत सम्बन्धी तालिम सुरु भएको छ । यहि जेठ १८ गते देखि जिल्लाको पाटनमा तालिम सुरु भएको हो ।
जर्मन बिकास सहयोग, नेपाल सरकार उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, नविकरणीय उर्जा तथा दक्षता कार्यक्रमको सयुक्त आयोजननामा मातृभुमी सुधारिएको चुलो स्टोभ मास्टर तथा उद्यमशीलता विकास तालिम कार्यक्रमले तालिम दिईरहेको हो ।
बैतडीको पाटन नगरपालिका, पुर्चाैडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका गरी १८ जनालाई उद्यमसिलता कार्यक्रम अन्तरगत सुधारिएको चुलो निर्माण तथा मर्मत सम्बन्धी तालिम दिईन लागिएको मातृभुमि सुधारिएको चुलो स्टोभ मास्टर तथा उद्यमशीलता विकास तालिम कार्यक्रमका मुख्य प्रशिक्षक राम चन्द्र थापाले जानकारी दिए । सुधारिएको चुलो निर्माण तथा मर्मतसम्भार सम्बन्धी तालिम दिएर उद्यमसिलतासँग जोड्ने हेतुले तालिमको आयोजना गरिएको उनले बताए ।
चुलो निर्माण र मर्मतका लागि प्रयोगात्मक र उद्यमसिलता सम्बन्धी सैद्धान्तीक जानकारी सहितको तालिम भईरहेको हो ।
९ दिने तालिममा ६ दिन सम्म एक मुखे वा दुई मुखे सुधारिएको चुलो निर्माणका लागि प्रयोगात्मक तालिम दिईने छ भने २ दिन ब्याक्तीत्व विकाससँग सम्बन्धी तालिम दिईने छ । त्यसैगरी अन्तिम दिन सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुलाई समेत आमन्त्रण गरी अन्तरक्रिया कार्यक्रम हुने मुख्य प्रशिक्षक थापाले बताए ।
महिला, दलित, अल्पसंख्यक र सिमान्तकृत वर्गका नागरीकहरुलाई समेटेर तालिम सञ्चालन भईरहेको छ । उनिहरुको आयस्तर बृद्धीमा समेत उक्त कार्यक्रमले सहयोग पुर्याउने बिश्वास गरिएको छ । तालिममा १८ जना सहभागि मध्ये १६ जना महिला छन् । महिलाहरुलाई उद्यमशीलता कार्यक्रमसँग महिलाहरुको आर्थिक उपार्जन हुने बिश्वास गरिएको छ ।
तालिममा सहभागिहरुले चुलो निर्माण तथा मर्मत गर्न आवस्यक पर्ने उपकरण प्राप्त गर्नेछन् । सुधारिएको चुलोको प्रयोगले वातावरण र स्वास्थ्यका लागि पनि लाभदयाक नै मान्ने गरिन्छ । दाउरोको बचत, स्वास्थ्यलाई फाईदाजनक मान्ने गरिन्छ ।
प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशमा गरी ६० पालिकाका १८० जनालाई उक्त तालिम दिइदै छ ।