बैतडी
८४ वडा रहेको बैतडीमा १६ वडामा नेपाली कांग्रेस विजयी भएको छ । दशरथचन्द नगरपालिका १०मा कांग्रेसका त्रिलोक बिष्ट विजयी भएकाछन् भने, पाटन ६मा राजेन्द्र बिष्ट, पुर्चौडी १मा गणेश गडाल र वडा न.१० मा हिम्मत बिष्ट विजयी भएकाछन् । यसैगरी सिगास गाउँपालिका १मा रामचन्द्र ऐरी, ४मा हरिसिंह बोहरा तथा ७मा कर्ण बहादुर साउद विजयी भएकाछन् । यस्तै पञ्चेश्वर गाउँपालिका ५ नरेश चन्द, शिवनाथ १मा बल्देव चाड, ३ मा केशव कलौनी र ५मा केशव चन्द विजयी भएकाछन् । सुर्नया गाउँपालिका वडा न. ३ सम्भु भट्ट, वडा न. ७मा भक्त बहादुर कुवर, वडा न.८ भान बहादुर बोहरा विजयी भएकाछन् । डिलाशैनी गाउँपालिका १ कृष्ण कुमार धामी र मेलौली नगरपालिका २ कृष्ण दत्त भट्ट विजय भएकाछन् ।
यसैगरी नेकपा (एमाले) १५ वडामा विजयी भएको छ । दशरथचन्द नगरपालिका वडा न.१ बिष्णुदत्त भट्ट, वडा न.२मा सुर्य बहादुर बोहरा, वडा न.९मा मोहन देव जोशी, वडा न.११ जयदत्त पन्त, सुर्नया गाउँपालिका वडा न.१ धन बहादुर चन्द, पञ्चेश्वर गाउँपालिका वडा न. ६ रामसिंह पुजारा, दोगडाकेदार गाउँपालिका वडा न. १ नवराज जोशी, मेलौली नगरपालिका वडा न. १ सरदसिंह नेगी शिवनाथ गाउँपालिका वडा न. २ सुरेन्द्र साउद, वडा न. ४ धन बहादुर महता, डिलाशैनी गाउँपालिका वडा न. २ नवराज घरडी, पाटन नगरपालिका वडा न.४ दिपक बिष्ट, पुर्चौडी नगरपालिका वडा न. ९ रम्भा बोहरा, सिगास गाउँपालिका वडा न.२मा ठकेन्द्र ऐरी र ५मा राजेन्द्र चन्द विजयी भएकाछन् ।
नेकपा(माओवादी केन्द्र)ले बैतडीका ५ वडामा विजय हासिल गरेको छ । पञ्चेश्वर गाउँपालिका वडा न. १ दिवानी राम सार्की, वडा न.२ बीर बहादुर चन्द, पाटन नगरपालिका वडा न.१ तर्कसिंह ठगुन्ना र वडा न.९ कालुसिंह भाट विजयी भएकाछन् ।
जिल्लाको १ वडामा राप्रपाले जित निकालेको छ । सुर्नया गाउँपालिका वडा न.२मा राप्रपाका गणेश बिष्ट विजयी भएकाछन् ।