बैतडी,
बैतडीको पाटन नगरपालिका वडा नं ३ मा परीक्षा केन्द्र सच्याउन माग गरिएको छ । सोही वडाको गौरीशंकर माविले कक्षा ८ को परीक्षा केन्द्र निर्धारण गर्न गत वर्ष भएको सहमती र निर्णयका आधारमा गर्न गराउन माग गरेको छ ।
गौरीशंकर मावि गुरुडाका शिक्षक तथा अभिभावकहरुले वडा कार्यालयमा गएर वडा अध्यक्ष करुणाकर भट्ट समक्ष ज्ञापपत्र पेश गरेका छन् ।
आगामै चैत्र १० गतेदेखि कक्षा ८ को नगरस्तरीय परीक्षा हुदै छ । परीक्षा केन्द्र तोक्ने अधिकार वडा शिक्षा समितिलाई दिइएको छ ।
गत वर्ष माध्यामिक विद्यालय गुजरमा परीक्षा केन्द्र निर्धारण गरेको थियो । यस वर्ष पनि सोही विद्यालयमा परीक्षा केन्द्र तोकिएपछि गौरी शंकर माविले वडा शिक्षा समितिलाई ध्यानाकर्षण गराएको हो ।
गत वर्ष मावि गुजरमा परीक्षा केन्द्र राख्दा आगामी शैक्षिक वर्षमा आवश्यकताका आधारमा घुम्ती विद्यालयमा परीक्षा केन्द्र राख्ने निर्णय गरिएको थियो ।
सोही निर्णयको अवज्ञा गर्दै वडास्तरीय शिक्षा समितिले यस वर्ष पनि घुम्ती विद्यालयमा नराखी सोही गुजर माविमा नै परीक्षा केन्द्र राखेको भन्दै ध्यानाकर्ण गराइएको गौरी शंकर माविका शिक्षक दिलिप कठायतले जानकारी दिए ।
गत वर्ष नै वडा शिक्षा समितिले गरेको निर्णय यस वर्ष कार्यान्वयन नगरेपछि बिरोध गर्न बाध्य भएको वडा नं ३ का स्थानीय एवं गौरीशंकर माविको तर्फबाट गठन गरिएको परीक्षा केन्द्र निर्धारण समितिका संयोजक दान सिंह बिष्टले जानकारी दिए । गत वर्ष घुम्ती विद्यालयको रुपमा अर्काे विद्यालयमा परीक्षा केन्द्र निर्धारण गर्ने निर्णय गरिएको र यस वर्ष सो निर्णण्को अवज्ञा गरी गौरी शंकर माविका विद्यार्थीहरुलाई मात्रै सास्ती दिने काम गरिएको उनले बताए ।
गौरी शंकर माविमा परीक्षा केन्द्र (ख)को रुपमा स्थापना गर्न समेत माग गरिएको उनले बताए ।
गौरी शंकरमाविमा अध्यायन गर्ने पाटन नगरपालिका वडा नं ३ सँगै वडा नं ६, ८ र ९ तथा सुर्नया गाउँपालिका वडा नं ५ का विद्यार्थीहरु रहेका छन् । उनिहरुले माध्यामिक विद्यालय गुजरमा आउन जान निकै समस्या भइरहेकाले परीक्षा केन्द्र फेरबदल गरिनुपर्ने उनिहरुको माग रहेको छ ।
ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष एवं वडास्तरीय शिक्षा समितिका अध्यक्ष करुणकार भट्टले परीक्षा केन्द्र (ख)को रुपमा गौरी शंकर माविलाई राख्नको लागि नगरपालिकासँग आग्रह गरिएको बताएका छन् । वडास्तरीय परीक्षा समितिले नै निर्णय गरेकाले तत्काले सो निर्णय फेरबदल नहुने उनले बताए । टाढाका विद्यार्थीहरुलाई बास बस्न र आवतजावतमा सहजता गर्नको लागि आवश्यक सहयोग गर्ने समेत भट्टले बताए । ‘हामिले वडा शिक्षा समितिबाट निर्णय गरि पालिकामा पठाएका छौँ, गौरीशंकर माविमा परीक्षा केन्द्र (ख) राख्न आग्रह गरेका छौँ,’ अध्यक्ष भट्टले भने ।
वडा कार्यालयमा भेला भएका अभिभावकहरुले आन्दोलित हुदै तालाबन्दी गर्ने अवस्थामा पुगेका थिए ।
वडा अध्यक्ष करुणकर भट्टले परीक्षा केन्द्र (ख) निर्धारण गर्नको लागि नगरपालिकामा जोडदार माग राख्ने बताएपछि तालाबन्दी गर्नबाट पछि हटेका हुन् ।
अभिभावकहरुले ४ दिनभित्र निक्र्यौल नगरे वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।