बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित सरस्वती मावि उचित सम्भावना भएको विद्यालयको हो । कक्षा १२ सम्मको पढाई भइरहेको यो विद्यालय यस क्षेत्रको अग्रणी शैक्षिक संस्था हो ।
२०१६ सालमा स्थापना भएको यो विद्यालय यहाँका मनकारी अभिभावकहरुले धान्दै आइरहेको विद्यालय हो । मुष्ठी दानबाट स्थापना गरिएको यो विद्यालय अझै पनि अभिभावकहरुकै काँधमा रहेको छ ।

यहाँका अभिभावकहरुले यस शैक्षिक संस्थालाई यहाँसम्म पुर्याउनको लागि आर्थिक, भौतिक सहयोग गर्दै आइरहेका छन् । स्थापनाकालदेखि नै अभिभावकहरुको राम्रो साथ र सहयोग पाइरहेको यो विद्यालयमा राज्यस्तरबाट ठोस सहयोग नपाउदा समयानुकूल शैक्षिक कार्यक्रम सञ्चालनमा चुनौती थपिदै गइरहेको छ ।
प्रविधिमैत्री शैक्षिक कार्यक्रम सञ्चालन गर्न र प्राविधिक तथा व्यावसायिक शैक्षिक कार्यक्रम सञ्चालन गर्नको लागि राज्यस्तरको नजर पुग्नुपर्ने यहाँका अभिभावकहरुको माग छ ।
सिमित विद्यालय भवन, कक्षाकोठा र साँघुरो खेल मैदान उपलब्ध भएको यो विद्यालयमा कक्षा १२ सम्मको पढाई भइरहेको छ ।
यस वडामा रहेका अन्य थप दुई वटा मावि तहका विद्यालयहरुको पनि रेफरल विद्यालयको रुपमा रहेको यो स्रस्वती मावि हालैमात्र सिद्ध सिगास आधारभूत विद्यालय मर्ज भएर गएको छ ।
पाटन नगरपालिका वडा नं १०, सिगास गाउँपालिका वडा नं १, ३ का विद्यार्थीहरु यस विद्यालयमा अध्ययन गर्ने गरेका छन् । यी वडाका करिब २ दर्जन टोलका विद्यार्थीहरु यहाँ अध्यायन गर्न आउने गरेका छन् ।
यस क्षेत्रको सामाजिक, राजनितिक तथा सास्कृति पक्षसँग सरस्वती माविको गहिरो साइनो छ । हरेकजसो सामाजिक तथा सास्कृतिक कार्यक्रमहरु यही विद्यलय परिसरमा हुने गरेका छन् । यसैगरी यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राजनितिक दलका प्रतिनिधीहरुले पनि यस विद्यालयको विकासको लागि आश्वासन दिने गरेका छन् । उपल्लो तहसम्मको राजिनितिक नेतृत्वले आवश्यक ठोस सहयोग उपलब्ध नगराउदा यस विद्यालयको स्वरुप परिवर्तनमा ढिलाई भइरहेको छ ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत अन्य समिति निकै सक्रिय रहेको यस विद्यालयको लागि राज्य नेतृत्वबाट सहयोगको अपेक्षामा छन् । विद्यालयमा उपलब्ध श्रोत सधानको उपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गरिरहेको अवस्थामा यस विद्यालयमा सामयानूकल शैक्षिक क्रियाकलापमा चुनौती थपिदै जान थालेको छ ।

यहाँका नागरिकहरुले यस विद्यालयको विकासमा टेवा पुर्याउने राज्यस्तरको मूल नेतृत्व पर्खिरहेका छन् ।