बैतडीको दोगडाकेदार गाउँपालिका वडा न ८ कालागाउका सुरेन्द्र बिष्ट जीप ब्यावसायी हुन् । गाउकै स्थानीय बजार चौसिलाबाट दोगडाकेदारको खोचलेक, सिल्लेगडा, बैतडी सदरमुकामसम्म ओहोरदोहोर गर्ने गरेका थिए ।
सदाझै शनिबार दिउसो गाडी हाकेर साझ स्थानीय बजार चौसिलामा गाडी रोकेका उनले गाउकै दाइ नाता पर्ने कर्ण बिष्टसङ्ग भेट हुन्छ ।
स्थानियका अनुसार कर्णसङ्ग सुरेन्द्रले केही पैसा लिनु थियो । त्यो पैसा माग्ने विषयमा नै विवाद भयो। केही बोलाबोलको स्थिती भएपछि कर्ण घर गएर बन्दुक लिएर आउछन् ।
त्यसबखत सुरेन्द्र खाना खाइरहेका थिए । बन्दुक तेर्साएर कर्णले सुरेन्द्रको पेटमा गोली बर्साउछन । "अरुहरुलाई भाग भनेछन्, सुरेन्द्रको पेटमा गोली हानेर भागेको देखिन्छ" घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले भने ।
कर्ण बन्दुक लिएर भागेपछे त्यो होटलमा सङ्गै रहेका साथिभाइहरुले सुरेन्द्रलाई उपचारको लागि अस्पताल ल्याएका थिए । जिल्ला अस्पताल बैतडी लैजाने क्रममा सुरेन्द्रको बाटोमै मृत्यु भएको थियो । "समयमा अस्पताल पुर्याउने कोसिस गरिएकै हो, तर बाटोमै अस्ताए," आफन्त प्रकाश बिष्ट भन्छन् ।
आफ्नै गाडी चलाएर ब्यावसाय गरिरहेला सुरेन्द्रले गत वर्ष मात्रै प्रेम विवाह गरेका थिए ।
गाउँमा अहिले त्रासको अवस्था रहेको छ । बन्दुक सहित फरार भएका कर्ण फेला परेका छैनन् ।
खोजी भइरहेको प्रहरीले बताएको छ ।