बैतडीको पाटनमा सञ्चालन हुने दोश्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) को पुरस्कार राशि सार्वजनिक गरिएको छ । पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा सञ्चालन हुने युपिएलको पुरस्कार राशि सोमाबार सार्वजनिक गरिएको हो ।
शनिवार प्रतियोगिताको ट्रफी अनावरण गरिएको थियो ।
क्लबका अध्यक्ष सन्तोषले यो संस्करणमा प्रथम हुने टिमले १ लाख १११ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने जानकारी दिए । यस्तै उपबिजेता टोलीले ४५ हजार ५५ रुपैँया नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ दि सिरिजलाई ८ हजार ८४८ रुपैँया, बेष्ट व्याट्स्म्यान तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैँया र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैँया नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
गत संस्करणमा पाटन नगरपालिका भित्रका टिमले मात्रै सहभागीता जनाउन पाउने गरि प्रतियोगिता सञ्चालन गरिएको भएपनि यो बर्ष भने जिल्लामा दर्ता भएका क्लब, संघ संस्था तथा स्थानीय तहहरुले सहभागी हुन पाउने पाटन भ्याली क्रिकेट क्लबका अध्यक्ष जोशीले जानकारी दिए ।
प्रतियोगिता आइसिसिको नियमानुसार लेडर बलले टि २० फम्र्याटमा खेलाइनेछ । प्रत्येक टिममा जिल्ला बाहिरका तीन जना खेलाडी मात्रै सहभागी गराउने पाउने क्लबले जनाएको छ । प्रतियोगिता सञ्चालन हुने मिति केही दिनमा सार्वजनिक गरिने बताइएको छ ।
गत बर्षको युपिएलको बिजेतालाई ३० हजार र उपबिजेतालाई २० नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । आयोजक पाटन भ्याली क्रिकेट क्लबले गत बर्ष उपाधी जितेको थियो ।