बैतडी,
बैतडीमा नेपाली कांग्रेसले सय दिने अभियान सञ्चालन गरिरहेको छ । कांग्रेसले पार्टी भित्रका समसामयिक विषयमा गहन मन्थन गरिरहेको छ । वडा तहदेखि केन्द्रिय तहसम्मका नेता कार्यक्रमहरु सहभागि भई पार्टीका सबै तहका समिति, भातृ संघ संगठनका विषयमा पनि गहन छलफल गरिरहेको छ । आज मेलौलीमा सञ्चालन भएको पालिकास्तरीय सय दिने अभियान कार्यक्रममा नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
नेवि संघमा देविएको विवादका विषयमा पनि नेताहरुले धारणा राखेका थिए । टिकट वितरणमा पनि अन्याय हुने गरेकाले चुनावमा नतिजा आफ्नो पक्षमा नआउने गरेको सहभागि नेताहरुले बताएका थिए । प्रदेश र संघीय निर्वाचनमा बागी उम्मेदवारकै कारण पराजय ब्यहोरेको उनिहरुको भनाइ थियो । टिकट वितरणमा नेतृत्वले कार्यकर्ताको भावना अनुसार अघि बढ्नुपर्ने उनिहरुको भनाइ थियो ।
मेलौली नगर सभापति परमानन्द भट्टले क्रियाशील सदस्यहरुले मात्रै नभई तेतृत्व तहले सुध्रीनु पर्नेमा जोड दिए ।
‘पार्टीका संघ संगठनहरुमा विवाद छ, टिकट दिने बेला पनि विवाद आइरहेको हुन्छ, सबैलाई मिलाएर लैजानुप¥यो, त्यो मिलाउने जिम्मा नेतृत्वको हो, जिल्ला कायसमितिले अझै सुध्रीनु पर्ने जरुरी देखियो, कार्यकर्तालाई सुध्रीनुस् भनेर मात्रै भएन,।’ नगर सभापति भट्टले भने ।
नेवि संघमा देखिएको विवाद समाधान गर्न जिल्ला कार्यसमितिले चासो दिनुपर्नेमा महादिवेशन प्रतिनिधि एवं नेवि संघका केन्द्रिय सदस्य कपिल केसीले बताए । ‘नेवि संघमा दुई वटा समिति छन्, दुवैलाई मिलाएरु अघि बढ्न सकिन्छ, त्यसका लािग जिल्ला कार्यसमितिले चासो दिनु¥यो, दुवै समितिलाई समान अधिकार दिएर पनि अघि बढ्न सकिन्छ, कुनै पनि समितिलाई अवमुल्यान गर्नु हुदैन’ उनले भने ।
नेवि संघ गठन र बैतडी काठमाण्डौ सम्पर्क समिति गठनका क्रममा विधान मिचिएको उनको भनाइ थियो । २०८४ मा एक्लै चुनाव लड्नेगरी संगठन सुधार गर्नुपर्ने नेता केसीको भनाइ थियो ।
छलफलका क्रममा आएका फरक मतहरुकाबीचमा सहमती जुटाएर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
नयाँ सदस्य वितरणमा दलित र महिला लक्षित वर्गलाई समेट्नेगरी वितरण गर्नुपर्नेमा नेता कार्यकर्ताहरुको भनाइ थियो ।
कांग्रेस जिल्ला सभापति चतुर बहादुर चन्दले चुनावको क्रममा टिकट वितरणमा जिल्ला कार्यसमितिले कुनै अन्याय नगरेको बताएका थिए । ‘प्रदेश र संघीय निर्वाचनको क्रममा जिल्ला कार्यसमितिले सिफारिस मात्रै गरेको हो, त्यसपछि प्रदेशको भुमिका हुन्छ,’ सभापति चन्दले भने ।
नेवि संघको जिल्ला अध्यक्ष चयनका सवालमा सभापति चन्दले विरेन्द्र कुमार साउँदसँग आफ्नो कुनै कुरा नभएको बताए । म संग कुनै कुराकानी भएको छैन, यस दौरानमा एक पटक भेटेका पनि छैनन्, फेसबुकमा मात्रै लेख्ने गरेका छन्, उनले भने ।
माओवादी केन्द्रका वडा कमिटि उपाध्यक्ष कांग्रेस प्रवेश
नेकपा माओवादी केन्द्रको मेलौली नगरपालिका वडा नं ६ को वडा कमिटि उपाध्यक्ष शेरीराम पोखरेलले नेपाली कांग्रेस प्रवेश गरका छन् ।
कांग्रेस केन्द्रिय सदस्य एवं सय दिन अभियानकमा बैतडी जिल्ला संयोजक आंगेलु सेर्पा र जिल्ला सभापति चतुर बहादुर चन्दले पोखरेललाई स्वागत गरेका छन् ।