बैतडी
बैतडीको सुर्नया गाउँपालिकाको गाडी ८ महिनादेखि धनगढीको एक ग्यारेजमा थन्किएको छ । बाहिरको कभर बाहेक अधिकांश पाट्र्सहरु खोलेर बनाउनुपर्ने र बदल्नु पर्ने ग्यारेजले बताइसकेको छ । इन्जिन समेत खोलेर बनाउनु पर्ने अवस्था आएको छ ।
ग्यारेजका अनुसार बाहिरको कभर बाहेक सबै ड्योमज अवस्थामा रहेको ग्यारेजका प्रतिनिधि बताउछन् ।
लाइनर, भल्ब सेट, इन्जनको फूल सेट, ट्यांक बेरिङ, हेड, इन्टेक्टर, वाटर पम्प, टाइमिङ बेल्ट, ईन्जिन बेरिङ, टर्बाे, इन्जिन माउन्टेन, डिजल फिल्टर, इन्जिन बोरिङ लगायत सबै सर्भिसिङ चार्जसहित ६ लाख ५५ हजार रुपैया लाग्ने बताइसकेको छ ।
यो टाटा सफारीको स्टर्म गाडी कच्ची सडकको लागि उपयुक्त नभएको चालकहरु बताउछन् । पक्की सडकमा निकै दमदार भएपनि कच्चीमा एकदमै जोखिम रहेको उक्त गाडी चलाइरहेका चालकहरुले बताएका छन् ।
‘यो गाडी कच्ची राम्रो थिएन, कच्चीमा चलाउदा पाट्सहरुमा खराबी आइहाल्थ्यो, बढी मर्मत गर्नुपर्ने हुन्थ्यो, पक्कीमा राम्रो थियो,’ सुर्नयाका एक चालकले भने । धेरै ठाउँमा कच्ची नै कच्चीमै कुदाउनु पर्ने भएकाले यस्तो अवस्थामा आएको चालकको भनाइ छ ।
यो गाडीको इन्जिन निकै राम्रो र माइलेज पनि राम्रो भएपनि वर्खायाम देखि ग्रेड नमिलेको ग्रामिण सडकमा हुइक्याउदा अहिले यो अवस्थामा पुगेको छ ।
झण्डै पौने करोडमा निवर्तमान गाउँपालिका अध्यक्ष बिर बहादुर बिष्ट नेतृत्वको कार्यपालिकाले खरिद गरेको थियो । ग्रामिण सडक पालिकाको केन्द्रसम्म पुग्न नपाउदै यो महंगो गाडी खरिद गरिएको थियो । मन्त्रीस्तर सम्मका प्रतिनिधि हुइकिने गाडी पालिका अध्यक्षले उतिबेलै खरिद गरेर यो गाडीको भरपूर उपयोग गरिसकेका थिए । तर कच्ची सडकमै जथाभावी हुइक्याइन थालेपछि सिस्टम नै ड्यामेज अवस्थामा पुगेको हो ।
निवर्तमान अध्यक्ष बिर बहादुर बिष्ट भन्छन्, ‘यो निकै दमदार गाडी हो, कच्चीका लागि पनि, कुनै संकै छैन,’अहिले यो अवस्थामा पुग्यो ।
जिल्लाका अन्य पालिकाहरुले २८÷३० लाखमा गाडी खरिद गरेर राम्रै चलाइरहेका छन् । केही पालिकाले स्कर्पियो पनि हुइक्याएका छन् । तर तिनीहरुभन्दा डेढदेखि दुई गुणा महंगो हालेर पौने करोडमा यो गाडी खरिद गरेको थियो ।
विगतको कार्यकालमै यो गाडीले निक्कै झुल खाइसकेको निवर्तमान कार्यपालिका सदस्यहरु बताउछन् । ‘केही राजनितिक कार्यक्रममा खुबै दौडाइयो, नयाँ नयाँ भएर होला सुरुमा त राम्रै कुदाइन्थ्यो, अन्तिमतिर खर्च माग्न थालिसकेको थियो’ ती कार्यपालिका सदस्यले भने ।
कुनैबेला यस्तो अवस्था आउथ्यो की, सुर्नया ६ को मोतिनगरमा कार्यक्रम हुने समयमा गाउँपालिकाको केन्द्रबाट सत्बाझ हुदै, खोड्पेबाट मोतीनगर घुमाउनुपर्ने अवस्था आइसकेको थियो । नयाँ जनप्रतिनिधि आएपछि पनि यस्तो सिलसिला भइरह्यो ।
धेरै प्रतिनिधिहरुका अनुसार यत्रो महंगो गाडी खरिद गरेरै गल्ति गरिएको बताउछन् । ‘ग्रामिण सडकमा राम्रो चल्ने फोरह्वील गाडीहरु सस्तोमै मिल्छन्, त्यो गाडी किनेको भए, राम्रो हुन्थ्यो,’ सुर्नया गाउँपालिकाका एक चालकले भने । ठूलो सौखिन भएका प्रतिनिधिहरुले यो गाडी किन्दा पालिकाकै राज भएको छ ।
बिगतको कार्यपालिका प्रतिनिधिहरुले खरिद गरेर ल्याएको गाडी यो कार्यपालिकाका लागि निल्नु न ओकल्नु भइसकेको छ । यस गाडीका विषयमा दुई वटा मुद्धाहरु समेत परेका छन् । तर एक पटक पालिकाको कच्ची सडकमा चलाएपछि धनगढी पुग्दा ग्यारेजमा हाल्नै पर्ने अवस्था आउने गरेको गाउँपालिका जनाउछ ।
बेलाबेला बिग्रिने समस्या आइरहन्त्थ्यो, २ लाख खर्च गरेर मर्मत गरेको यो गाडी त्यसपछि महिनादिन नपुग्दै फेरि बिग्रिएपछि धनगढी ग्यारेजमा पठाएको गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँर बताउछन् । ‘यो गाडी मर्मतमा धेरै खर्च भइसकेको छ । अब ययो गाडी बनाउने की बिकल्प खोज्ने भनेर कार्यपालिकामा छलफल गर्छाैँ,’ ।