बैतडीः बैतडीका गायक भट्ट राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डद्वारा सम्मानित भएका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४ दिकथला घर भएका गायक तथा सर्जक भट्ट सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा धनगढीमा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१बाट सम्मानित भ भएका हुन् ।
सानै उमेरबाट गीत संगितमा रुचि राख्ने भट्टले
दर्जनौ गित र गायनमा सर्जकको भूमिका निर्वाह गरिसकेका छन ।
उनी निम्तो दिए बोलको देउडा गीतबाट सम्मानित भएका हुन् । गायक भानुभक्त जोशी र भट्टको सयुंक्त शब्द सिर्जना तथा भट्टकै लय रहेको उक्त गीतमा गायीका पुष्पा बोहरा र भट्टकै आवाज छ ।
उनलाइई गायन पुरुष तफर्को सर्बोत्कृष्ट भाषाभाषी अवार्डबाट सम्मानित गरिएको हो ।
उत्कृष्ट ५ जना भित्र परेका गायक भट्ट भोट द्वारा अवार्ड जित्न सफल भएका हुन् । तेस्रो ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’बाट सम्मानित हुँदा खुसि लागेको भन्दै गायक भट्टले यो सम्मानले अझ उर्जा थपेको बताए ।
एक दशक देखि गीतसंगित क्षेत्रमा सकृय उनी अहिले सञ्चार क्षेत्रमा समेत आबद्ध छन् ।
अहिले गायक भट्ट मित्रबर मिडिया प्रालि द्वारा सञ्चालित निकोखबरमा आबद्ध भएर सञ्चारकर्म गरिरहेका छन् ।
संगीत, संञ्चार संगै समाजिक कार्यमा सकृय गायक भट्टले सहयोगी हातहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।