बैतडी, बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगमा सुपर सिक्समा पुग्ने ६ वटै टोलीको टुंगो लागेको छ । जारी प्रतियोगितामा भोली शनिबारदेखि सुपर सिक्सका खेलहरु हुने छन् ।
समुह एबाट पाटन भ्याली, समुह बीबाट आयोजक पाटन क्रिकेट क्लब, समुह सीबाट टिम कोइनोडा गुरुखोला लाइन्स, समुह डीबाट कुलगडे क्रिकेट क्लब,समुह ई बाट एनसीसी, समुह एफबाट पञ्चेश्वर गाउँपालिकाले सुपर सिक्समा स्थान बनाएका हुन् । आयोजकका अनुसार सुपर सिक्सका खेलहरु शनिबारदेखि हुनेछन् ।
शनिबार पहिलो खेल समुह एको बिजेता पाटन भ्याली र समुह सीको बिजेता गुरुखोला लाइन्सबीच हुने छ । शनिबार दोश्रो खेल समुह बीको बिजेता आयोजक पाटन क्रिकेट क्लब र समुह डीको समुह बिजेता कुलगडे क्रिकेट क्लबकाबीच प्रतिस्पर्धा हुने छ । आइतबार पहिलो खेल समुह बीको बिजेता आयोजक पाटन क्रिकेट क्लब र समुह एफको बिजेता पञ्चेश्वर गाउँपालिकाबीच हुने छ । आइतबारकै दोश्रो खेल समुह एको बिजेता पाटन भ्याली र समुह इको बिजेता एनसीसीबीच हुने छ ।
यसैगरी सोमबार पहिलो खेल गुरुखोला र एनसीसीबीच हुने छ । यसैगरी सोमबारकै दोश्रो खेल कुलगडे क्रिकेट क्लब र पञ्चेश्वर गाउँपालिकाबीच हुने छ ।
सुपर सिक्समा पुग्ने टोली निकै सन्तुलित रहेकाले अबका खेलहरु हेर्नलायक हुनेछन् । गुरुखोला लाईन्स, पञ्चेश्वर गाउँपालिका र एनसीसीमा एनपिएलमा सहभागिता जनाउन लागेका खेलाडी छन्, भने पाटन भ्याली, पाटन स्टार र कुलगडे क्रिकेट क्लब पनि सन्तुलित रहेका छन् ।
तुलनात्मकरुपमा कुलगडे कमजोर भएपनि घरेलु मैदानको खेलमा राष्ट्रियस्तरका खेलाडीसँग अनुभव साट्ने अवसर पाउने छ । आयोजक पाटन क्रिकेट क्लब र पाटन भ्याली पनि सन्तुलित टिम बनेका छन् ।
गुरुखोला, एनसीसी र पञ्चेश्वर गाउँपालिकामा निकै अनुभवी खेलाडी देखिएका छन् ।