बैतडी,
बैतडीको पाटनमा हुन गइरहेको पिपिएलको तयारी पुरा भएको छ । बुधबारदेखि पाटन नगरपालिका ६ स्थित कृष्ण माविको खेलमैदानमा हुने चौथो संस्करको पिपिएल–४ को तयारी पुरा भएको हो ।
पाटन क्रिकेट क्लबको आयोजनामा हुन गइरहेको पाटन प्रिमियर लिगमा १७ टोलीले सहभागिता जनाउदैछन् ।
बुधबार उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरि समुद्घाटन कार्यक्रमको आयोजना गरिन लागिएकोआयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए ।
उद्घाटन खेल सहस्त्रलिङ क्रिकेट क्लब र खोडपे क्रिकेट क्लबबीच खेल हुनेछ ।
यस वर्ष विगतका वर्षहरुभन्दा थप परिस्कृत गरिन लागिएको छ । पुरस्कार राशीमा वृद्धि गरिएको छ । मल्टिमिडियाको उपयोग पनि गरिने छ । खबर एण्ड लाइभ च्यानलबाट प्रत्यक्ष प्रशारण पनि गरिदैछ ।
सहभागिता जनाएका १७ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ ।
समुह ए मा खोड्पे क्रिकेट क्लब, पाटन भ्याली र सहश्त्रलिङ्ग क्रिकेट क्लब रहेका छन् ।
समुह बी मा किम्तोली, पिसिसी र नवजागृति रहेका छन् ।
समुह सी मा ग्वाललेक, कोइनोडा गुरुखोला लाइन्स र सागर स्पोर्टस क्वब रहेका छन् । ्
समुह डी मा कुलगडे, दिपचन र रिभरसाईड रहेका छन् ।
समुह ई मा एनसीसी क्यू र नागार्जुन क्लब सप्राली रहेका छन् ।
त्यसैगरी समुह एफमा पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र पाटन स्टार क्रिकेट क्लब रहेका छन् ।
हेर्नुहोस् खेल तालिकाः
यस वर्षको पिपिएलमा प्रथम पुरस्कार १,२३,४५६ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । गत वर्ष वर्ष १,११,१११ रहेको थियो ।
द्वितिय पुरस्कार ५६,७८९ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान आफ द सिरज वाफत १२,३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६,७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।