बैतडी,
बैतडीको पाटन हुने पिपिएल प्रतियोगिता यही असोज ३० गते देखि नै सुरु गरिने भएको छ । क्लबको आज बसेको कार्यसमिति बैठकबाट यही असोज ३० गते बिहान ८ बजे उद्घाटन समारोहको आयोजनागरी खेलका प्रतियोगिताको सभारम्भ गरिने पाटन क्रिकेट क्लबका सचिव दिलेन्द्र ठगुन्नाले जानकारी दिए ।
उद्योग बाणीज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा प्रयोगिताको समुद्घाटन कार्यक्रमको आयोजना गरिन लागिएको क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए । सोही दिन एउटा मात्रै खेल हुने पनि क्लबले जनाएको छ ।
‘हामिले कार्तिक १ गतेदेखि प्रतियोगिताको सुभारम्भ गर्ने तयारी थालेका थियौँ, विभिद कारणले असोज ३० गतेदेखि सुभारम्भ गर्दैछौँ,’ अध्यक्ष चन्दले भने ।
उद्घाटन समारोमा खेलप्रति आस्थावान प्रतिनिधि, सम्पूर्ण तथा सरकारी तथा गैह्र सरकारी निकायमा आवद्ध प्रतिनिधि र जनप्रतिनिधिहरुमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
प्रतियोगिताको खेल तालिका सोमबार प्रकाशन गर्ने तयारी छ । हालसम्म १७ वटा टिम दर्ता भएका छन् । उद्घाटन समारोहमा सबै टिमका क्याप्टेनहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिएको छ ।
यस वर्षको प्रतियोगितालाई थप भव्य बनाउनको लागि मल्टिमिडिया प्रविधिको पनि उपयोग गरिने छ ।
यस वर्ष पुरस्कार राशी पनि थप गरिएको छ । प्रथम पुरस्कार १,२३,४५६ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । गत वर्ष वर्ष १,११,१११ रहेको थियो ।
द्वितिय पुरस्कार ५६,७८९ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान आफ द सिरज वाफत १२,३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६,७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।