बैतडी,
बैतडीको पञ्चेश्वर गाउँपालिकामा सशस्त्र प्रहरीद्धारा सचेतनामुलक हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी पञ्चेश्वरले, पञ्चेश्वर गाउँपलिका १ स्थित डुग्रीखान माविमा आइतबार सचेतनामुलक हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको हो ।
सिमा इलाकामा बसोबास गर्ने नागरिकहरुसँगको सम्बन्ध बलियो बनाउदै समन्वय र सहकार्य गर्न उदेश्यले “सिमावासीसँग सशस्त्र प्रहरी बल नेपाल”को नविनतम अवधारणा देशैभर लागु भइरहेको छ ।
सोही अवधारणा अन्तरगत सिमा इलाकामा बसोबास गर्ने बिभिन्न समुदायहरु, शैक्षिक संस्था, जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरुसँग छलफल, अन्तरक्रिया, सचेतनामुलक कार्यक्रम सञ्चालन गरी सिमामा भएका समस्यहरुका पहिचान गर्ने र ती समस्यहरुको समाधानको लागि आवश्यक रणनिति कार्यान्वयन गर्ने उदेश्यले बिभिन्न कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।
आइतबार सम्पन्न सचेतनामुलक हाजिरीजवाफ प्रतियोगितामा सशस्त्र प्रहरी नेपालको जिम्मेवारी, सिमा सुरक्षा, सिमा अपराध, लागु औषध दूव्र्यसन, मानव बेचबिखन, सामाजिक अपराध र सजाय, विपद व्यवस्थापनका विषयका प्रश्नहरु समाबेस गरी सचेतना फैलाउने प्रयास गरिएको थियो ।
हाजिरीजवाफ प्रतियोगितामा सहभागि विद्यार्थीहरुलाई प्रमापत्रसहितको पुरुस्कार प्रदान गरिएको थियो ।
सचेतनामुलक कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएकी गाउँपालिका उपाध्यक्ष बिना भट्टले यस्ता सचेतनामुलक कार्यक्रमबाट विद्यार्थीहरुमा चौतर्फी ज्ञानको विकास हुने र राष्ट्रप्रति जिम्मेवार असल नागरिक बनाउन मद्दत पु¥याउने बताइन् । यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउदै उपाध्यक्ष भट्टले विओपी परिवारको प्रशंसा समेत गरिन् ।
डुग्रीखान माविका प्रद्यानाध्यापक ज्ञान सिंह घटालले सशस्त्र प्रहरीको सचेतनामुलक कार्यक्रम ऐतिहासिक कार्यक्रम रहेको र यस कार्यक्रमबाट विद्यार्थीहरुमा सिकाईको दायरा फराकिलो बनाउन मद्दत गरेकोमा विओपी प्रिवारलाई धन्यवाद ज्ञापन गरे ।
उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक,जनप्रतिनिधि सहित करिब अढाइसयको संख्यामा सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बल बिओपी पञ्चेश्वरका प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक अनिल बहादुर शाहीले कार्यक्रम सञ्चालनको जिम्मेवारीमा रहेका थिए ।
नेपालको सिमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले सिमा व्यवस्थापन र सिमा सुरक्षालाई प्रभाविकारी बनाउन विभिन्न रणनिति र योजना तय गरी कर्यान्वयन गर्दैै आएको छ ।