बैतडी,
यस वर्षको पाटन प्रिमियर लिग सिजन—४ कार्तिक पहिलो साता हुने भएको छ ।
पाटन क्रिकेट क्लबको शुक्रबार बसेको बैठकबाट कार्तिक १ गतेदेखि क्रिकेट चौथो संस्करणको पिपिएल प्रयोगिता गर्ने निर्णय गरेको हो । मौसम प्रतिकुल भएको अवस्थामा केही तलमाथि हुने आयोजकले जनाएको छ ।
पाटन नगरपालिका ६ स्थित कृष्ण माविको खेलमैदानमा हुने यस वर्षको प्रतियोगितालाई भव्य रुपमा आयोजना गर्नको लागि तयारी भइरहेको पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए ।
यस वर्ष पुरस्कार राशी पनि थप गरिएको छ । प्रथम पुरस्कार १,२३,४५६ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । गत वर्ष वर्ष १,११,१११ रहेको थियो ।
द्वितिय पुरस्कार ५६,७८९ नगदसपिहत ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान आफ द सिरज वाफत १२,३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६,७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
अनुसाशीत टिमलाई पनि ५,१५१ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकलाई समेत सामान ५,६५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
उदयमान खेलाडीलाई पनि ४,४४४ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
बैतडीबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीहरुलाई पनि ४,४४४ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
म्यान आफ द म्याच वाफत पनि ५५५ नगद पुरस्कारको वयवस्था गरिएको छ ।
टिम दर्ता असोज २६ साँझ ५ बजेभित्र गरिसक्नु पर्ने छ । टिम दर्ता शुल्क १५,५०० कायम गरिएको छ । जिल्लाभित्रकै टोलीले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । कुनै एक टिमका जिल्ला बाहिरका खेलाडीको हकमा बढीमा ४ जना खेलाउन पाउने बताइएको छ । केही शंसोधन गर्नुपरे पुनः पनि यस विषयमा जानकारी गराइने छ ।
गत वर्षको उपाधी मेलौलीले हात पारेको थियो भने उपविजेता कैलपाल क्रिकेट क्लब भएको थियो ।
प्रतियोगितालाई थप प्रभावकारी बनाउनको लागि यस वर्ष व्यवस्थापक देखि कोचलाई समेत पुरस्कार राशीको व्यवस्था गरिएको हो ।
पछिल्लो समयमा भइरहेका प्रतियोगितामध्ये सुदूरपश्चिमै ठूलो धनराशीको प्रयोगिथताको रुपमा पिपिएललाई लिइएको छ ।
बैतडी जिल्लाको क्रिकेट जगतलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्दै आएको पिपिएल प्रतियोगितालाई आवश्यक सहयोगको पनि आग्रह गरिएको छ । जिल्लाका १० वटै स्थानीय तह र यहाँका सबै सरकारी तथा गैह्र सरकारी निकायसँग आवश्यक सहयोगको अपिल गरिएको छ ।
पछिल्लो समयमा नेपालमै क्रिकेटप्रतिको चौतर्फी चासो बढीरहेको र जिल्लास्तरबाटै प्रतियोगिताको आयोजना गरी नयाँ खेलाडी उत्पादनमा टेवा पु¥याइरहेको पिपिएल प्रतियोगितामा सहयोगको आग्रह गरिएको हो ।
विगतका वर्षहरुमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले जिल्लास्तर र प्रदेशस्तरीय प्रतियोगितमा सहभागिता जनाइरहेका छन् ।
गत वर्ष पनि पिपिएल प्रपतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुले बैतडी जिल्लबाट मात्रै नभई सुदूरपश्चिमबाट समेत खेल्ने अवसर पाएका थिए । यस प्रतियोगितालाई क्यानबाट अनुमतीका लागि आग्रह गरिएको छ ।