काठ्माण्डौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरिरहेको ‘मन्त्रालय सुधार कार्ययोजना’ अन्तरगत मन्त्रालयको नेतृत्व गरेका पुर्व मन्त्री र पुर्व सचिवहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ ।
मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्रीहरु लेखराज भट्ट, कर्ण बहादुर थापा, मिन बहादुर विश्वकर्मा, जयन्त बहादुर चन्द र संकर कोइरालाले आ–आफ्नो धारणा व्यक्त गरेकाछन् । यसैगरि कार्यक्रममा उपस्थीत पुर्व सचिवहरुले धारणा व्यक्त गरेकाछन् ।
कार्यक्रमका वक्ताहरुले मन्त्रालयलाई सुधार गर्नका लागि काममा ढिलासुस्ती नगरि पारदर्शी ढंगबाट समयमै काम सम्पन्न गर्न सुझाव दिएका छन् । पुर्व मन्त्री मिन विश्वकर्माले भने, ‘कुनैपनि फाइल एकदिन भन्दा बढी कसैको टेबुलमा रोकिनु हुदैन्, यो मन्त्रालयको काम रोकियो अथवा कामगर्न नसकेर मन्त्रालय डुब्यो भने देश भोकमरीमा जान्छ । मन्त्रालयलाई सुधार गर्न सुझाव माग्नुभएको छ, सोहि अनुसार योजना बनाएर कार्यान्वयन गर्नुस् देश निर्माण हुन्छ, मन्त्री ज्यूको यो प्रयास सराहनीय छ ।’
नेकपा एमाले पार्टी सचिव समेत रहेको पुर्वमन्त्री लेखराज भट्टले स्वदेशी उत्पादनलाई महत्व दिनुपर्ने कुरामा जोड दिए । उनले स्वदेशी उत्पादनको प्रयोग बढाउन मन्त्रालयले चालेका कदम सकारात्मक रहेको बताए । कर्ण बहादुर थापाले काम सम्पन्न गर्नकालागि निति नियमको इमान्दरिताका साथ पालना गर्नुपर्ने बताए । उनले विगतमा सरकारी स्तरबाट सञ्चालन भएका मध्ये केहि उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिए ।
पुर्व मन्त्री जयन्त बहादुर चन्दले आर्थिक अनियमीततामा सुन्य सहनसिलता अपनाई कामगर्न सुझाव दिए । उनले भारत र चिनले गरेको प्रगतीको सिको गर्नु जरुरी रहेको बताए । पुर्व मन्त्री संकर कोइरालाले नितिगत कुराहरुको सुधार गरि इमान्दारिताका साथ कामगर्न सुझाव दिए । कार्यक्रममा उपस्थीत रहेका मन्त्रालयका पुर्व सचिवहरुले निति निर्माण र योजना कार्यान्वयनका बिषयमा सुझावहरु दिएकाछन् ।
कार्यक्रमको अध्यक्षता गरेका मन्त्री दामोदर भण्डारीले अग्रजहरुको अनुभव र नेतृत्वको उर्जा मार्फत हालको विद्यमान निराशालाइ चिर्दै “सुखी नेपाली र समृद्व नेपालको” राष्ट्रिय आकांक्षा पूरा गर्ने उदेश्यका साथ सुझाव लिएकोमा सुझावका आधारमा योजना निर्माण गरि कार्य सम्पादन गर्ने बताए । उनले मन्त्रालयसंग सम्बन्ध राख्ने हरेक निकायसंग सुझाव लिएकाले उपयुक्त सुझावहरुको उचित पालना गरिने बताए ।