बैतडी,
स्थानियतहको निर्वाचन अन्तरगत आज भएको मतदानमा बैतडीमा ६७.२२प्रतिशत मतदान भएको छ ।
जिल्ला निर्वाचन अधिकारी माधव प्रशाद फुयालका अनुसार जम्मा १लाख ४०हजार २सय १ मतदाता मध्ये ९९हजार ८सय ९६ जनाले मतदान गरेका हुन् ।
मतदान गर्नेमा महिला ५४हजार ३सय ९६ रहेका छन् भने, पुरुष ४५हजार ५सय रहेकाछन् ।
जिल्लाको सबैभन्दा बढी मतदान हुने स्थानियतहमा जिल्लाको पुर्चौडी नगरपालिका रहेको छ । जहाँ ७१ प्रतिशत मतदाताले मतदान गरेकाछन् ।
डिलाशैनी गाउँपालिकामा ७० प्रतिशत, सुर्नया गाउँपालिकामा ६८ प्रतिशत, शिवनाथ गाउँपालिकामा ६७ प्रतिशत, मेलौली नगरपालिका र पाटन नगरपालिकामा ६६ प्रतिशत मतदान भएको छ ।
यसैगरी दोगडाकेदार गाउँपालिकामा ६५ प्रतिशत, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र सिगास
गाउँपालिकामा ६० प्रतिशत बढी मतदान भएको सम्बन्धीत पालिकाका निर्वाचन अधिकृतले जनाएकाछन् ।