सेती नदीमा पानीको बहाव बढेपछि बैतडीको ढुङगाडक्षेत्र जोखीममा परेको छ । जिल्लाको सिगास गाउँपालिका ५ को ढुङगाड, लाम्बगड, हराणाखानी लगायतको क्षेत्र जोखीममा परेको हो ।
वडाअध्यक्ष राजेन्द्र चन्दले सेती नढीको बाढी बस्तीमा पस्ने खतरा बढेकाले स्थानीय सारदा माविमा सरेको बताए । पशु चौपायसहित स्थानीयहरु विद्यालयमा सरेको उनले जानकारी दिए । त्यहाँले स्थानीयहरुले प्रत्येक बर्ष बर्षातको समयमा समस्या बोग्दै आएका छन् ।
बस्तीमा पानी पसीसकेका बताइएको छ । बर्षा नरोकीएपछि ढुङगाडका स्थानीयहरु शनिवार साँझ ५ बजेतिर शारदा माध्यमिक विद्यालयमा सरेको हुन् । ‘पानी पर्ने क्रम रोकीएको छैन्, सेती नदीको सतह पनि उस्तै छ’ अध्यक्ष धामीले भने ‘बालबालिका वृद्धवृद्धा असक्त व्यक्तिहरुलाई विद्यालयमा सारीएको छ ।’
सिगास गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ का सेतिनदी किनारका बस्तिहरुमा जोखीम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वडा ६ को मोरीबगड, बरपिपल, मसानीझाड , नाकरा त्यस्तै वडा नम्बर ७ को भौनेली पात्तल, अगुराली र बोरी लगायतका बस्तीहरुमा सेती नदीमा पानीको बहाव बढेपछि जोखीममा पर्ने गरेका वडा नम्बर ६ का स्थानीय सुरेन्द्र साउँदले जानकारी दिए ।
सेती नदीको सतह बढेपछि बस्तीमा पस्ने जोखीम बढेको छ । यसअघि पनि २०७८ कार्तिक महिनाको पहिलो साता परेको बेमौसमी बर्षाले सिगास गाउँपालिका ५ ढुङगाड लगायत क्षेत्रमा सेती नदीको बाढी पसेको थियो ।