बैतडी ।
सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री सुरेन्द्र बहादुर पालले भ्रष्टाचारको नियन्त्रण गर्ने बताएकाछन् ।
आजै सपथ ग्रहण गरि मन्त्रलय सम्हालेका उनले फेसबुकमा लेखेको लामो स्टाटसमा उल्लेख गरेकाछन्, ‘देश विकास नहुनुमा भ्रष्टाचार प्रमुख कारण रहेको छ, भ्रष्टाचारलाई नियन्त्रण गर्नेछु, मेरो कार्यकाल अवधीभर सिङ्गो सुदूरपश्चिमका जनताको हितमा रहेर काम गर्नेछु, मलाई बिकासका लागि कामगर्ने अवसर प्रदान गर्नुहुने बैतडी प्रदेश सभा क्षेत्र ‘क’ का आम आमाबुवा, दाजुभाई, दिदीबहिनी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्द्छु ।’
मन्त्री पालले आफु निर्वाचित भएको बैतडी प्रदेशसभा क्षेत्र ‘क’ का मतदातामाझ गरेका प्रतिबद्धताहरु ५ बर्षभित्र पुरागर्ने प्रतिवद्धता व्यक्त गरेकाछन् ।
उनले आर्थिक मामिला तथा योजना मन्त्रीको पदमा पुग्न आफ्नो एकल प्रयास नभई बैतडेली जनताको साथ रहेको भन्दै मतदाताप्रति आभार व्यक्त गरेकाछन् ।
उनले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधार निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकाछन् ।
पाल मन्त्री नियुक्त भएपछि उनको गृह पालिका डिलाशैनी गाउँपालिका–६ पुलचोकमा दीप प्रज्वलन गरिएको विद्यार्थी नेता दिव्यबीर योगीले बताए ।