बैतडी,
समाज निर्माणमा असल परिवारको भुमिका र मनोसमाजिक परामर्श बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बैतडीको पाटन नगरपालिका वडा नं. ९ को आयोजनामा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधी, पाटन नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख बिस्ना भण्डारी, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना संयोजक हेमन्ती के.सी. वडा अन्तरगत रहेका विद्यालयका प्रतिनिधी, टोल विकास संस्थाका पदाधिकारी, महिला संजालका पदाधिकारी, दलित संजालका पदाधिकारी वडा भित्र रहेका हिंसा प्रभावित लगायत सरोकारवालाहरुको सहभागिता रहेको वडा अध्यक्ष कालु सिंह भाटले बताए ।
कार्यक्रममा श्री ज्ञानेश्वर माविका सहायक प्रधानाध्यापक धन बहादुर महराले समाज निर्माणमा असल परिवारको भुमिका, वडा सचिव रामदत्त जोशीले व्यक्तिगत घटना दार्ता, जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम सिंह भाटले बालबिबाह, लैङ्गिक हिंसा र लागुपदार्थ दुव्र्यसनी बारे सहजिकरण गर्न भएको थियो ।
यस्तै महिला तथा बालबालिका शाखा प्रमुख बिस्ना भण्डारी र हेमन्ती के.सी. ले लैङ्गिक हिंसा निवारण कोष, हिंसामा परेका व्यक्तिहरु लाइ उपलब्ध गराउन सकिने सेवा सुविधा र प्रावधान र सामुदायिक मनोसमाजिक कार्यकर्ता लक्ष्मी भण्डारीले मनोसमाजिक परामर्श बारे जानकारी गराएको वडा सचिव रामदत्त जोशीले बताएका छन् वडा कार्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रम वडा अध्यक्ष कालु सिंह भाटको अध्यक्षतामा संचालन गरिएको थियो भने कार्यक्रमको संचालन कार्यालय सहायक मदन सिंह भाटले संचालन गरेका थिए ।
६५ जना भन्दा बढी सरोकारवालाहरुको सहभागितामा संचालन गरिएको उक्त कार्यक्रमको अन्तमा लैङ्गिक हिंसा नगर्ने नगराउने बारे सबैले सामुहिक प्रतिवद्धता गरेका थिए ।