बैतडी
३१औँ मदन आश्रीत स्मृती दिवसको अवसरमा बैतडीको देहिमाण्डौँमा आयोजीत अन्तरपालिका स्तरीय अभिवल प्रतियोगीता तथा पर्यटन महोत्सव मंगलबार सम्पन्न भएको छ । प्रतियोगीताको उपाधी महिला तर्फ शिवनाथ गाउँपालिका र पुरुष तर्फ दशरथचन्द नगरपालिकाले जितेको छ ।
प्रतियोगीताको फाइनल भिडन्तमा मेलौली नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै दशरथचन्दले उपाधि रक्षा गरेको हो ।
यस्तै महिलातर्फ शिवनाथले पनि मेलौली नगरपालिकालाई ३–१ को सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो ।
च्याम्पियन बनेका दशरथचन्द र शिवनाथले समान ७७ हजार ७७७ रुपैयाँ पुरूस्कार प्राप्त गरेकाछन् । उपविजेता मेलौलीले ५५ हजार ५५५ रूपैयाँ पुरूस्कारमा चित्त बुझायो ।
यस्तै पुरूषतर्फ सिगास तेस्रो र सुर्नया गाउँपालिकाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
महिलातर्फ दशरथचन्द “ए” को टिम तृतीय र पुर्चौडीको टीम सान्त्वना भएको भलिबल प्रशिक्षक हरी भण्डारीले बताए । तेस्रो हुनेले ४४ हजार ४४४ र सान्त्वना हुनेले ३३ हजार ३३३ पुरूस्कार पायो ।
विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य लिलाधर भट्ट, पुर्व राष्ट्रिय भलिवल खेलाडी तथा एमाले केन्द्रीय सल्लाहकार सदस्य मोहन थापा, पार्टी जिल्ला अध्यक्ष नरेश कुमार विश्वकर्मा, प्रदेश सभा सांसद जानकी ऐर बम, प्रदेश कमिटी सदस्य महादेव भट्ट, धर्मानन्द भट्ट लगायतले पुरूस्कार, सम्मान पत्र, कदरपत्र वितरण गरे ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका निवर्तमान सांसद लिलाधर भट्टले खेल क्षेत्रको विकासका लागि पार्टीको तर्फबाट उचित भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । यस प्रतियोगीताको अवसरमा प्रतिभावान खेलाडी र पुर्व खेलाडीहरुलाई सम्मान गर्नु सराहनिय कार्य रहेको उनको भनाई छ ।
प्रतियोगीताले भलिबल खेलको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए ।
उक्त प्रतियोगीताको उद्घाटन ३ जेठमा मदन आश्रीत स्मृती दिवसका दिन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गरेका थिए । ६ दिन सम्म सञ्चालन भएको प्रतियोगीता अवधीभर राष्टिय तथा स्थानिय स्तरका कलाकारहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।