बैतडीको पाटन नगरपालिका–१० स्थित सरस्वती माविको वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । वर्षभरी भएका शैक्षिक गतिविधिको बारेमा सार्वजनिक गर्दै एक औपचारिक कार्यक्रमकाबीच वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका सहभागीले शैक्षिक विकासको लागि सम्बद्ध निकाय जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए ।
विव्यस अध्यक्ष धर्मराज भट्टले शिक्षक विधार्थी अभिभावक र सरोकारवाला निकायले शैक्षिक विषयमा गम्भीर बन्नुपर्ने धारणा राखे । सरस्वती माविको गुणस्तर सुधारको लागि प्रशासनिक तवरबाट कडाइ गरिने बताए । सोही अनुसार अभिभावकहरुले सहयोग प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विधालय व्यवस्थापन समिति महासङका केन्द्रिय उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले शिक्षा क्षेत्रको सुधारको लागि समुदायले अग्रणी भुमिका निर्वाह गर्नुपर्ने बताए ।
वार्षिकोत्सब कार्यक्रममा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक हासिल गरेका छत्राहरुलाई सम्मान गरिएको थियो । सरस्वती माविले चालू शैक्षिक शत्रको वार्षिक कार्यपात्रो अभिभावकहरुलाइ वितरण गरिएको छ । यस क्यालेन्डरमा वार्षिक कार्ययोजना, अतिरिक्त कृयाकलाप, अभिभावक भेला, बैठक लगायतका पूर्ण योजना समेटिएको प्रधानाध्यापक लोकराज भट्टले जानकारी दिए

विधालयका प्रधानाध्यापक लोकराज भट्टले ९१ लाख बराबरको वार्षिक आर्थिक प्रतिवेदन र शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विधालयका विव्यस अध्यक्ष धर्मराज भट्टको सभाध्यक्षतामा सम्पन्न वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य एवं विधालय व्यवस्थापन समिती महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम सिंह भाट रहनुभएको थियो । विशिस्ट अतिथिमा वडा न १० का वडा अध्यक्ष धन बहादुर कुवर रहनुभएको थियो । कार्यक्रममा शिक्षासंग सरोकार राख्ने प्रतिनिधि, अभिभावक एव विधार्थीहरुको सहभागिता र्शेको थियो ।