बैतडी ।
बैतडीमा जिल्लाकै सर्वाधिक धनराशीको खुल्ला(महिला तथा पुरुष) भलिवल प्रतियोगीता आयोजन हुने भएको छ ।
नेपाल खेलकुद महासंघले आयोजना गर्न लागेको उक्त प्रतियोगीतामा जिल्लाका १० ओटै स्थानियतहका खेलाडी बीच महिला र पुरुष तर्फ छुट्टाछुट्टै प्रतिस्प्रधा हुने बताइएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीता बारे जानकारी दिइएको हो । प्रतियोगिता आगामी ३ जेठमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा उद्घाट गरिने महासंघका जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र चन्दले बताए ।
उनले भने,“यो प्रतियोगीता जिल्लामै हालसम्म भएका भलिवल प्रतियोगीताहरु मध्ये सबैभन्दा बढी ७७ हजार ७ सय ७७ धनराशी प्रथम पुरुस्कार राशीको प्रतियोगीता हो, प्रतियोगीताको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी ज्यूले उद्घाटन गर्नुहुनेछ । खुल्ला प्रतियोगीता भएकाले एक पालिकाबाट २ भन्दा बढी टिमहरुको सहभागीता रहने सम्भावना छ । हामी यसको व्यापक तयारीमा जुटेका छौँ, सहयोगी दाताहरु बाट आर्थिक सहयोग समेत प्राप्त भैरहेको छ ।” हालसम्म विभिन्न सहयोगी दाताहरुबाट स्वऐच्छीक रुपमा ५लाख बढी रकम संकलन भएको उनले बताए ।
यस प्रतियोगीता संगै पर्यटन महोत्सवको समेत आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगीताको उद्घाटन सत्रमा बैतडीमै जन्मीएका वरिष्ट गायक तिलक सिंह पेला, महेश कुमार औजी, अन्तराम बिष्ट, शेरी औजी, भानुभक्त जोशी लगायतका कलाकारहरुलाई आमन्त्रण गरिने महासंघका जिल्ला इन्चार्ज मनोज ठकुराठीले बताए । करिव १ सातासम्म संचालन हुने उक्त कार्यक्रम अवधीभर जिल्लामा भलिवलको विकासका लागि योगदान दिएका व्यक्ति, कलाकारहरुलाई अभिनन्दन गरिने आयोजकले जनाएको छ ।
भलिवल अन्तराष्ट्रिय नियमका आधारमा खेलाइने बताइएको छ । उक्त प्रतियोगीता तथा पर्यटन महोत्सव सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ निङ्गलाशैनी भगवती मन्दीरको खेल मैदानमा सम्पन्न हुनेछ । यस प्रतियोगीताले खेलाडीहरुमा उत्साह जगाउनुका साथै नयाँ खेलाडीहरु उत्पादन गर्ने खेलकुद विकास समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशीले बताए ।
प्रतियोगीताको दोस्रो पुरुस्कार ५५,५५५/–रहेको छ भने तेस्रो पुरुस्कार ४४,४४४/– र सान्त्वना पुरुस्कार ३३,३३३/– रहेको छ । प्रतियोगीताका उत्कृष्ट खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था छ । नगद पुरुस्कारको साथमा मेडल र ट्रफि प्रदान गरिने आयोजकको भनाई छ ।
पुरुस्कार राशीमा मात्रै ६ लाख रकम खर्च गरिने सर्वाधिक धन राशीको भलिवल प्रतियोगीता जिल्लामै पहिलो पटक आयोजना हुन लागेको खेलकुद महासंघका जिल्ला सचीव किरन चन्दले बताए ।