बैतडी,
बैतडीको पाटन नगरपालिका वडा न. १ स्थीत शिद्धेश्वर मावि मेल्चोरामा कक्षा ८ को नतिजा निल आएपछि प्रधानाध्यापकले पदबाट राजीनामा दिएका छन् । हालै प्रकाशन भएको नगरपालिका स्तरीय कक्षा ८को परिक्षामा सबै विद्यार्थीहरु अनुर्तिण भएपछि प्रधानाध्यापक प्रकाश लोहारले राजीनामा दिएका हुन् ।
प्रधानाध्यापक लोहारले बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत सिहं रावल समक्ष राजिनामा बुझाएका हुन् । उनको राजिनामा आईतबार नै अध्यक्ष रावलले स्वीकृत गरेका छन् ।
निम्न माध्यमीक विद्यालय स्थायी रहेको विद्यालयमा कक्षा ८ सम्म स्थायी शिक्षक पूर्णरुपमा भएपनि नगर स्तरिय परिक्षामा कक्षा ८ मा शूल्य नतिजा आएको छ भने, कक्षा १ देखी ९ सम्मको वडा स्तरिय परिक्षामा जम्मा १ सय २७ जना मध्ये २२ जना मात्र उर्तिण भएका छन् ।
३बर्ष १महिना प्रधानाध्यापकको जिम्मेवारीमा रहेका लोहारले विद्यालयको नतिजा सन्तोशजनक नआएपछि नैतिकताको आधारमा राजिनामा दिएको बताए । उनले भने, ‘निमाविमा शिक्षक कोटा पुरा छ, नतिजा शून्य आयो, यो मलाई चित्त बुझेन्, अब अरु साथीले गर्नहुन्छ, मेरो सहयोग पुरा रहन्छ ।’नगर शिक्षक तथा स्वयंसेवक शिक्षकहरुले अध्यापन गराइरहेको बिद्यालयको भन्दा रिजल्ट कमजोर आएपछि आफुले प्रधानाध्यापक पदबाट राजीनामा दिएको उनले बताए । कक्षा ८ मात्र नभइ १ देखी ९ सम्मकै नतिजा सन्तोशजनक नआएको लोहारको भनाई छ । विभिन्न दवावका कारण सोचे अनुसार कामगर्ने वातावरण नभएको उनको गुनासो छ ।
बिद्यालय व्यवस्थापन समितिले शिक्षक उद्धव भट्टराईलाई अहिलेका लागि निमित्त प्रधानाध्यापकको जिम्मा दिएको छ भने ७ गते भित्र नयाँ प्रधानाध्यापक नियुक्त गर्ने जनाएकोछ । जसका लागि शिक्षकहरुबाट विद्यालय विकास प्रस्ताव माग गरिएको विद्यालय स्रोतले जनाएको छ ।
यसपालि पाटन नगरपालिका भित्र रहेका विद्यालयहरु मध्ये कक्षा ८मा ७ विद्यालयको नतिजा निल आएको छ ।
स्रोतका अनुसार नयाँ प्रअका लागि पुष्प भट्टराई, तेजबहादुर चन्द लगायतका शिक्षकको नाम चर्चामा छ ।
यो बिद्यालयमा केही व्याक्तीको राजनितिक स्वार्थका कारण पछिल्लो समय खस्कीदै गएको छ ।