पशुपती जोशी
आसन्न स्थानीयतहको चुनावमा दशरथचन्द नगरपालिका वडा न ९ ग्वाल्लेकमा अध्यक्ष पदका प्रत्याशी हुन् मोहन देव जोशी(एमडी सर) । वडाअध्यक्षमा उनको प्रतिस्पार्धा अन्य ५ उम्मेदवार संग हुनेछ ।
नेकपा (एमाले) बाट उम्मेदवार बनेका जोशीको जन्म २०४३ चैत १३ गते भएको हो । जोशी बुवा प्रमानन्द र आमा पार्वतीका कान्छा छोरा हुन् । उनको उम्मेदवारीका कारण ग्वाल्लेकबासीले एक शिक्षीत र इमान्दार व्यक्तिलाई मत हाल्ने अवसर प्राप्त गर्नेछन् ।
जोशीले २०६० सालमा श्री केदार नगार्जुन माध्यमिक बिद्यालय बग्लेखानबाट एस.एल.सि. उतिर्ण गरे भने, उच्च शिक्षा हासिल गर्न पिथौरागढ हानिए । उनले बि.स.२०६२सालमा government inter college बाट I.com गरे त्यसपछी बि.स.२०६५मा कुमाउ विश्वविद्यालय नैनितालबाट B.com गरे भने, उनले बि.स.२०६७ मा कुमाउ विश्वविद्यालय बाटै M.com उत्तिण गरे ।
पढाई संगै आफ्नो गाउँठाउँ र आफैले पढेको विद्यालयमा आएर बि.स. २०६७ माघदेखि २०६८ असाढसम्म स्वमसेवक शिक्षक भएर श्री केदार नगार्जुन माध्यमिक बिद्यालय बग्लेखानमा ब्यवस्थापन संकायको शिक्षक भएर काम गरे ।
यसैगरी बि.स.२०६८ साउन १ देखी बि.स.२०७५ जेठसम्म निजि स्रोतमा सोही बिद्यालयमा ब्यवस्थापन संकायमा कुशल शिक्षक भएर हजारौं जनशक्ति उत्पादन गर्ने अबल ब्याक्तित्वका रुपमा चिनिए ।
उनले आफ्नो पढाइलाई निरन्तरता दिदै बि.स.२०७०मा अर्थरास्त्र संकायबाट सेत पढाई पुरा गरे ।
जोशी शिक्षक भएपछी विद्यालयको शुल्क तीर्न नसक्ने, आर्थिक अवस्था कमजोर भएका, गरिव तथा जेहेन्दार बिद्यार्थीको लागि प्रत्येक बर्ष आफ्नो तलब बाट ७÷८ जना बिद्यार्थीको शुल्क तिर्दै आएका थिए । यसैगरी ६ बर्ष सम्म ट्युशन कक्षा सञ्चालन गरि ट्यूशन बाफत कुनै बिद्यार्थी बाट शुल्क लिएनन् ।
जोशीले साढेसात बर्ष कुशल शिक्षकको भुमिका निर्वाह गरेर बि.स.२०७५ श्रावणदेखि UAEको बैदेशिक यात्रा सुरु गरे । अन्ततः जोशी आफ्नो शैक्षिक तथा सबै प्रकारको योग्यता र अनुभवलाई जनसेवामा सर्मपीत गर्न चाहान्छन् । शिक्षाप्रेमीका साथै समाजसेबी र बौद्धिक ब्यक्तित्वका रुपमा परिचित जोशीले वडाअध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
देश, बिदेशबाट प्राप्त भएको ज्ञानलाई सदुपयोग गरि जोशी ग्वाल्लेकलाई सम्बृद्ध बनाउन चाहन्छन् । सम्बृद्ध ग्वाल्लेक, सुखि ग्वाल्लेकबासी बनाउने सपना सहित चुनावी प्रतिस्प्रधामा रहेका जोशी जनताबाट अनुमोदित भएमा उनको सबै प्रकारको अनुभव समाज निर्माणमा केन्द्रीत हुनेमा दुईमत छैन् । उनलाई चुनाव जिताउने वा नजिताउने कुरा आम मतदाताको हातमा छ । तर समाज बदल्ने सबै प्रकारको प्रतिभा बोकेका, विभिन्न मेडलहरु प्राप्त जोशीलाई यसबेला साथ दिनु ग्वाल्लेकबासीको हितमा भने अवश्य हुनेछ ।