बैतडी ।
नेपाल सरकारका नव नियुक्त उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले आफ्नो कार्यकालमा सुदूरपश्चिममा रहेका विकास निर्माणका सम्भावनाहरुको सुक्ष्म ढंगबाट अध्ययन गरेर विकास निर्माणको काम अघि बढाउने बताएकाछन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बैतडी द्धारा पाटनमा आयोजीत पत्रकार सम्मेलनमा उनले विगतमा छोटो समयमा लागि मन्त्री हुदाँका बखत सुरुवात गरिएका कामहरुलाई पुर्णता दिने बताए । बैतडी सहित विभिन्न जिल्लामा रहेका खानीहरुको उत्खखन् देखि कञ्चनपूरमा रहेको सुख्खा बन्दरगाह र दैजि छेला अद्यौगिक क्षेत्रको बाकीँ कामहरु अघि बढाउने प्रतिवद्धता गरे ।
उनले भने,“सुदूरपश्चिम र बैतडी जिल्लाको विकासका लागि म यो पार्टी वा त्यो पार्टी भन्ने पक्षमा छैन्, यहाँ रहेका हरेक आयोजनाहरुलाई महत्वका साथ अघि बढाउन प्रतिवद्ध छु । युवा विदेशीने कुरा, बसाइसराईको समस्या, पहाड रित्तिने कुरा यी सबै कुराहरुलाई सुक्ष्म ढंगबाट अध्ययन गरि काम गर्नु जरुरी छ त्यो हामी गछौँ ।” वर्तमान सरकार संविधानको कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताए । एमाले बैतडीको जिल्ला अधिवेशनको सन्दर्भमा मन्त्री भण्डारीले सर्वसम्मत रुपमा नेतृत्व चयन हुने बताए । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारीले "वास्तविक पार्टी एमाले नै हो" भन्ने सन्देश दिने आधारले नेतृत्व चयन गरिने बताए ।
एमाले बैतडीका वर्तमान अध्यक्ष तथा प्रदेशसभा सांसद सुरेन्द्र पालले सोमबारदेखि हुने पार्टीको नवौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको बताए । नेकपा(एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशन सोमबार देखी हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि मन्त्री भण्डारी सहित नेताहरु आइतबार बैतडी पुगेका हुन् ।
अहिले जिल्ला अध्यक्षका लागि आधा दर्जन व्यक्तिको नाम चर्चामा रहेको छ । अध्यक्षका लागि नरेश विक, नरेन्द्र बिष्ट, हर्क धानुक, हजारी साउँद, लोकेन्द्र भण्डारी, गोविन्द गिरी लागयतका व्यक्तिहरुको नाम चर्चामा रहेको छ ।