बैतडी,२५ बैशाख
आसन्न ३० बैशाखमा हुन लागेको स्थानियतहको निर्वाचनमा बैतडीका ५ पत्रकार पनि भिड्ने भएकाछन् ।
जसमा पत्रकार महासंघ बैतडीका निवर्तमान अध्यक्ष प्रेमसिंह भाट पाटन नगरपालिका वडा न.९मा वडा सदस्यका उम्मेदवार बनेकाछन् । भाट नेकपा(माओवादीं केन्द्र)को चुनाव चिह्न गोलाकार भित्रको हसिया हथौडाबाट चुनाव लडिरहेका हुन् ।
यसैगरी उज्यालो अनलाईनका सम्बाददाता तपेन्द्र बिष्ट मेलौली नगरपालिका वडा न.८मा वडाअध्यक्षका उम्मेदवार बनेकाछन् । उनि नेकपा(एमाले)को चुनाव चिह्न सुर्यबाट चुनाव लड्न लागेका हुन् । बिष्ट नेकपा(एमाले)को बैतडी काठ्माण्डौँ सम्पर्क मञ्चका सह सचिव समेत हुन् । उनि २२बर्षको उमेरमै वडाअध्यक्षमा चुनाव लड्न लागेका हुन् ।
प्रेस युनियन बैतडीका कोषाध्यक्ष धन बहादुर क्षेत्री(जगदीश) दशरथचन्द नगरपालिका वडा न.३मा वडाअध्यक्षका उम्मेदवार बनेकाछन् । क्षेत्री नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार बनेका हुन् । यसअघि उनका बुवा दाम बहादुर क्षेत्रीले वडाअध्यक्षमा चुनाव जितेका थिए ।
दशरथचन्द नगरपालिका कै वडा न.९ग्वाल्लेकमा पत्रकार चन्द्रमुस्कान जोशीले उम्मेदवार दिएका छन् । रेडियो शनसेर बैतडीमा कार्यरत जोशीले नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका हुन् ।
यसैगरी नेकपा(एकिकृत समाजवादी)कै तर्फबाट मेलौली नगरपालिका वडा न.२मा पत्रकार सेर बहादुर चन्द वडाअध्यक्षका उम्मेदवार बनेकाछन् । चन्द प्रेस चौतारीका पुर्व जिल्ला अध्यक्ष समेत हुन् । अहिले उनि नेकपा(एस) पार्टीमा आवद्ध रहेकाछन् ।
बैतडीमा चुनाव लडेका ५ जना नै अहिले आ–आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार गरिरहेकाछन् ।
यसअघि समेत बैतडीका ३जना पत्रकार जनप्रतिनिधि बनेका थिए ।