बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धदिप आधारभूत विधालयको ३४औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । विव्यस अध्यक्ष मोहन सिंह बिष्टको सभाध्यक्षतामा आयोजना गरिएको वार्षिकोत्सब कार्यक्रममा पाटन–८का वडा अध्यक्ष एवं नगरपालिकाका समाजिक विकास समिति संयोजक हरिश बिष्ट प्रमुख अतिथि रहनु भएको थियो ।
विशिस्ट अतिथिमा वडा न १० का अध्यक्ष धन बहादुर कुवर, कार्यपालिका सदस्य कलावती ऐर, वडा सदस्य जगदीश बिष्ट, वडा न ८ का निवर्तमान वडा अध्यक्ष पृथ्वी राज पन्त, वडा न १० का निवर्तमान वडा अध्यक्ष देवेन्द्र कुवर लगायत छिमेकी विधालयका विव्यस अध्यक्ष लगायत सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।
विधालयका प्रधानाध्यापक राजमती कुमारी ऐरले १४ लाख ४७ हजार रुपैयाँ बराबरको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका सहभागी अतिथी वक्ताहरुले शैक्षिक विषयमा तर्क राखेका थिए । सरस्वती मावी सल्लेवासाका विव्यस अध्यक्ष धर्मराज भट्टले समयानुकूल प्रतिस्पर्धात्मक शिक्षाको आवश्यकता रहेको औल्याए । शिक्षाको गुणस्तर सुधारको लागि शिक्षक, विधार्थी, अविभावक र स्थानीय सरकारको समन्वय आवश्यक रहेको समेत उनले बताए ।
खोडपे बजार व्यवस्थापन समितीका अध्यक्ष राम सिंह बिष्टले प्रबिधियुक्त युगमा शिक्षाको गुणस्तरको आवश्यकता औल्याए ।
शैक्षिक विकासको लागि सबै निकायको आवश्यक सहयोगको खाचो रहेको वडा सदस्य एवं कार्यपालिका सदस्य कलावती ऐरले वताइन ।
यस विधालयको विकासको लागि सम्बद्ध निकायले आवश्यक भुमिका निर्वाह गर्नुपर्नेमा पाटन–८का निवर्तमान वडा अध्यक्ष पृथ्वीराज पन्तले बताए
वडा न १० का अध्यक्ष धन बहादुर कुवरले शैक्षिक गुणस्तर सुधारको लागि अभिभावकहरुको पनि महत्वपूर्ण भुमिका रहने बताएका छन् । शैक्षिक विकासको लागि आफ्नोतर्फबाट सक्दो सहयोग रहने बताए ।
कार्यक्रमका प्रमुख अतिथि वडा न ८ का वडा अध्यक्ष एवं नगरपालिकाका समाजिक समिती सयोजक हरिश बिष्टले यो विधालय बजार र ग्रामीण क्षेत्रको उपयुक्त पहुँच रहेको विधालय रहेको अवगत गराउदै यस विधालयको विकासको आगि सबैले एकजुट हुनुपर्नेमा जोड दिए । शैक्षिक गुणस्तरको लागि वडा शिक्षा समितिले पनि केही अतिरिक्त काम गरिरहेको अवगत गराए । परीक्षा प्रणालीको सुधारमा वडा शिक्षा समिती लागि परेको बताए । विधालयको व्यवस्थापन समिती, शिक्षक, अभिभावकले सक्रियता बढेको पनि वडा अध्यक्ष बिष्टको बुझाइ थियो ।
विधालय व्यवस्थापन समितीका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष मोहन सिंह बिष्टले विद्यँलयको विकासको लागि सबै पक्षबाट आवश्यक सहयोग पाउनेमा विश्वस्त रहेको बताए ।