बैतडी
बैतडीका बिभिन्न ठाउँहरुमा गत ३ दिन यता बिद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजर लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।
बिद्युत सेवा अवरुद्ध हुदाँ दैनिक जिवन प्रभावित भएको छ । विद्युत नहुदाँ रातिको समयमा बिजुली बाल्न, टि.भि., कम्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयहरुमा दैनिक कामकाज गर्न समस्या भएको छ ।
ड्रपआउट फ्यूजको अभावमा समस्या पत्ता लगाउन नसकेको खोड्पेका स्थानिय ब्यापारी सन्तोश राइले बताए । उनले भने, '३दिन देखी विद्युत सुचारु भएको छैन् । विद्युतका कर्मचारीलाई सोध्दा डपआउट फ्यूजको अभावले समस्या पत्ता लगाउन नसकेको बताउछन् ।'
बिद्युत सेवा अवरुद्ध हुदाँ सञ्चारका माध्यम समेत प्रभावित भएकाछन् । सुक्रबार आएको हावाहुरी संगै बिद्युत सेवा समेत अवरुद्ध भएको हो । बिद्युत सेवा सुचारु गर्न कर्मचारी खटाएपनी सबै ठाउँमा बिद्युत सुचारु हुन सकेको छैन्
बर्षा र हावाहुरीका कारण जिल्लाभरी अवरुद्ध भएको बिद्युत सदरमुकाम र आसपासका क्षेत्रमा भने आज सुचारु भएको छ ।