बैतडी,
बैतडीको डिलाशैनी गाउँपालिकामा आयोजीत दोश्रो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगीताको उपाधी नमेश पोल्ट्री सप्लायर्शको टीमले हात पारेको छ ।
शनिबारदेखी लिग चरणका आधारमा सञ्चालन भएको प्रतियोगीतामा डिलाशैनी गाउँपालिका वडा न.६को टीम द्वितिय तथा वडा न.७को टीम तृतिय भएको छ ।
प्रथम हुने नमेशले नगद रु ५१हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितिय भएको वडा न.६ले नगद ३१हजार तथा तृतिय वडा न.७ले नगद १६हजार प्राप्त गरेको छ ।
सोमबारसम्म लिग चरणका खेलहरु सम्पन्न भएपछि मंगलबार सेमिफाइनल र फाइनल खेल भएका हुन् ।
अन्तीम चारमा पुगेका मध्ये नमेस र वडा न.७ बीच भएकोमा नमेशले जित निकाल्दै फाइनल प्रवेश गर्दा दोश्रो खेल सेटिगाउँ क्याम्पस र वडा न.६ बीच भएको दोश्रो खेलमा वडा न.६ले जित्दै फाइनलको यात्रा तय गरेको थियो ।
फाइनल खेल डिलाशैनी–०६ र नमेश पोल्ट्री सप्लायर्श बीच भएको थियो । उक्त खेल नमेश पोल्ट्री सप्लायर्शले सोझो सेटमा जित्दै प्रतियोगीताको उपाधी जित्न सफल भएको खेलकुद विकास समिति उपाध्यक्ष मदन नाथले बताए ।
प्रतियोगीताको मंगलबार औपचारीक रुपमा समापन गरिएको छ । समापन समारोहको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सन्तोश प्रकाश जोशीले गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा साथ गाउँपालिकाको निति तथा कार्यक्रम तय गर्दै आएको बताए । उनले खेल मैदान निर्माण, विभिन्न खेल प्रतियोगीताहरुको आयोजना, जिल्ला स्तरीय तथा अन्य खेलहरुमा पालिकाको टीम सहभागी गराउने गरेको बताए ।
खेलकुद विकास समिति अध्यक्ष बिरेन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको प्रतियोगीता समापन समारोहमा गाउँपालिका अध्यक्ष जोशी प्रमुख अतिथी रहेका थिए ।