बैतडी,
बैतडीको मेलौली नगरपालिका–३ मा विद्युतीकरण अलपत्र परेको छ । सोही वडाको कुजागाड टोलमा वर्षाैदेखि विद्युतका पोलहरु छरपस्ट छाडिएका छन् ।
करिब २ वर्षदेखि विद्युतका पोलहरु कुजागाटका ठाउँठाउँमा पोलहरु छाडिएका छन्, भने केही ठाउँमा पोलहरु गाडेर अलपत्र अवस्थामा छाडिएको त्यहाका स्थानीयहरुले बताएका छन् ।
सोही वडाको धंयाडि, बाटासेरा, गग्नोरोडा र गाउँ टोल बिजुली गत वर्ष भदौमा बिजुली पुगेको थियो । काउलखेत, स्यालढुंगा, तलखेत, चिनाडी, चौरिंगे, फपरेखोला, मलेना लगायतका टोलमा बिजुली पुगेको छैन ।
विद्युतीकरणको लागि वडाबाट सक्दो पहल भइरहेको वडा अध्यक्ष गगन सिंह भाटले बताए । करिब ४ पटकसम्म विद्युत वितरण केन्द्रलाई विद्यतीकरणको लागि पत्र पठाएको र वितरण केन्द्रबाटै सार्थक सहयोग नभएको वडा अध्यक्ष भाटले बताए ।
विद्युत बितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले गाडिएका पोलहरुमा तार तान्नको लागि आवश्यक प्रक्रिया अघि बढाइने र नयाँ कामको सुरुवात हालै गर्न नसकिने बताए ।‘गाडिएका र छाडिएका पोलहरुको व्यवस्थापन गरी तार तान्छौँ, नयाँ काम चाही अहिले सकिदैन,’ पौडेलले भने ।
विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौँ। यसअघि भएको गल्तिको गहिरो क्षमायाचना गर्दछौँ ।