बैतडी ।
बैतडीका डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोश प्रकाश जोशीले गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुलाई काममा कन्जुस्याई नगर्न निर्देशन दिएका छन् ।
बुधबार गाउँपालिकामा आयोजीत बहुक्षेत्रिय पोषण सम्बन्धी बार्षिक समिक्षा कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष जोशीले कमजोरीहरु पत्ता लगाई सुधारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
उनले स्वास्थ्यकर्मीकै कारण स्वास्थ्य क्षेत्रमा पुर्ण सफलता प्राप्त गर्न नसकिएको भन्दै स्वास्थ्य संस्था प्रमुखहरु प्रति आक्रोस व्यक्त गरे ।
‘काम नगरेरै रिपोर्ट तयार गर्ने, एकहप्ताको हाजीर एकै दिन लगाउने, १महिनासम्म बिदामा बसिदिने, समयमा रिपोर्ट पेस नगर्ने, सुत्केरी आमा र बच्चाको बिषयमा सम्बेदनसिल नहुने, तालिमका लागि मात्रै दौडिने लगायतका विभिन्न समस्याहरु देखिराखेका छौँ, यसरी राम्रो रिजल्ट आउदैन्, मानव स्वास्थ्य भन्दा ठुदो कुरा केहिपनि छैन्, आफ्नो जिम्मेवारीमा कटिवद्ध भएर सत प्रतिशत रिजल्ट देखाउनुपर्यो ।’ उनले भने,‘नेतृत्वले गर्नुपर्ने कामका लागि तुरुन्तै जानकारी गराउनुस्, हामीले कहाँनेर के कुरामा ध्यान दिनुपर्छ ?, भन्नुस् हामी त्यो काम गर्छौ, तर समस्या समेत लुकाएर काममा पञ्छीन कसैलाई छुट छैन् ।’
डिलाशैनी गाउँपालिकाका ७ ओटै स्वास्थ्यसंस्था प्रमुखहरुले चालु आर्थिक बर्षको हालसम्म पोषणका क्षेत्रमा भएका कामहरुको बिषयमा जानकारी गराएका थिए । समिक्षाका क्रममा केहि स्वास्थ्य संस्थाले शन्तोसजनक काम गरेको देखिएपनि केहि संस्थाहरुले काममा लापरवाही गरिरहेको पाइएको छ ।
यसअघिको समिक्षामा राम्रो काम गरेको भनिएका स्वास्थ्य संस्था समेत यसपटक कमजोर देखीएकाले सबै स्वास्थ्य संस्थाहरुलाई काममा पटक्कै लापरवाही नगर्न अध्यक्ष जोशीले कडा निर्देशन दिएकाछन् ।