बैतडी,
बैतडीको पञ्चेश्वर गाउँपालिकामा १० सैइयाको अस्पताल सिलान्यास गरिएको छ । वडा न.४को आम्चौराम अस्पताल बन्ने भएपछि शनिबार गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले सिलान्यास गरेका हुन् । अस्पतालको स्थानको विवादले लामो समयदेखी अस्पतालको ठेक्का प्रक्रिया सुरु भएको थिएन् ।
लामो समयको विवाद पछी आमचोरामै अस्पताल बन्ने पक्का भएको गाउँपालिकाले जनाएको छ ।
१० सैइया अस्पताल निर्माणको लागि मल्टिटेक न्यू श्री केदार जेभीसंग १३ करोड ८२ लाख, ५५, हजार ८ सय ५६ मा सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । स्थान विवादले डिपिआर नै परिर्वतन गरेर ठेक्का सम्झौता भइसकेको प्राविधिक शाखा प्रमुख घनश्याम मौनीले बताए ।
संघ सरकारले यसमा ६० प्रतिशत लागानी गर्ने छ भने, ४० प्रतिशत पञ्चेश्वर गाउँपालिकाको लगानी रहने गाउँपालिका प्रवक्ता जनकबहादुर चन्दले बताए ।
आम्चौरामा अस्पताल बन्ने भएपछि स्थानीयबासी हर्षित भएका छन् । अस्पताल नहुदाँ सो क्षेत्रका नागरिक मेलौली, पाटन, बैतडी सदरमुकाम, डडेल्धुरा, धनगढी तथा महाकाली नदीमा जोखीम मोलेर उपचारका लागि भारतीय बजार धाउनुपर्ने बाध्यता रहेको छ ।
अस्पतालको सिलान्यास गदै गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले अस्पताल निमार्णका लागि गरेको संघर्षको कथा स्थानीयबासीलाई सुनाएकाछन् । उनले भने,‘अस्पताल निमार्णका लागि बजेटदेखी जग्गासम्म समस्या नै समस्या खेपिएको छ, पालिकाका नागरिकलाई आधाभुत स्वास्थ्यको पहुचँमा पुगाउने मेरो उद्देश्य पुरा हुदँैछ ।’
सिलान्यास कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्द, उपाध्यक्ष बिना भट्ट लगायतका जनप्रतिनिधि, कर्मचारी र आम जनसमुदायको सहभागितामा रहेको थियो ।
सरकारले यसै आर्थिक बर्षमा १ सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा १ सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका भनाई छ ।