बैतडी,
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले बैतडीमा उद्योग तथा पर्यटनको सम्भावना रहेका क्षेत्रमा सरकारले लगानी गर्ने बताएका छन् । शनिबार बैतडीको पाटन नगरपालिका–८का वडा अध्यक्ष हरिश बिष्ट लगायत राजनितिक दलका प्रतिनिधि, व्यावसायी र सरोकारवाला प्रतिनिधिहरुसँगको छलफलमा सो कुरा बताएका छन् ।
उद्योग तथा पर्यटनका क्षेत्रमा थुप्रै सम्भावना भएको क्षेत्र बैतडी भएकाले आवश्यक अवलोकन पश्चात लगानीको वातावरण तयार पार्ने मन्त्री धामीले बताएका हुन् । सिगास गाउँपालिका र पुर्चाैडीमा रहेको फलामखानीको क्षेत्रमा अवलोकन गरिन रे तत्पश्चात आवश्यक कार्यक्रम अघि बढाउने मन्त्री धामीले बताए । ‘सिगास गाउँपालिका र पुर्चाैडीमा रहेका फलाम खानीको हामि अवलोकन गर्छाैँ, त्यसपछि आवश्यक लगानीको वातावरण सिर्जना गर्छाैँ, प्रदेश सरकारले लागानीको सुरुवात गर्छ,’ मन्त्री धामीले भने ।
यसैगरी पर्यटनका क्षेत्रमा यहाँका पत्ताल भुवनेश्वर, त्रिपुरा सुन्दरी, मेलौली भगवती लगायत धार्मीक तथा सांस्कृतिक धरोहरमा पनि पर्यटन प्रवद्र्धनको कार्यक्रम ल्याउने उनले बताए ।
उक्त छलफलमा वडा अध्यक्ष हरिश बिष्टले वडा नं ८, ९ र १० कृषि उपजको पकेट क्षेत्र रहेकाले कृषि पेशालाई थप प्रवद्र्धन गर्नको लागि प्रदेश सरकारले आवश्यक कार्यक्रम ल्याउनुपर्ने माग राखेका थिए । ‘खोडपे क्षेत्र आलुसहित सबै खालका मौसमी तथा बेमौसमी तरकारीको लागि पकेट क्षेत्र हो, कृषिजन्य वस्तु खपत तथा निर्यातका लागि औद्योगिक सम्भवना रहेको क्षेत्र हो, त्यसैले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग राखेका छौँ,’ वडा अध्यक्ष बिष्टले भने, ‘मन्त्रीज्यु पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने ।
सुदूरपश्चिमका ९ जिल्लामध्ये सबै क्षेत्रमा सम्भावना रहेको जिल्ला बैतडी रहेकाले प्रदेश सरकारको नजर बैतडीतर्फ केन्द्रित हुने आश्वासन दिएका छन् । उक्त चियापान तथा छलफल कार्यक्रममा वडा अध्यक्ष बिष्टसहित राजनितिक दलका प्रतिनिधि, व्यावसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।