बैतडी,
बैतडीको पाटनमा रहेको साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको कार्यालयले सहुलयत मूल्यमा नुन मात्रै उपलब्ध गराउने भएको छ । साल्ट टे«डीङ कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका अनुसार नुन मात्रै सहुलियत मुल्यमा दिन सकिने छ । साल्ट ट्रेडिङ कम्पनीले नुन, चिनि र चिउरा सहुलियत मुल्यमा दिन सक्ने भएपनि नुन बाहेकका खाद्य समाग्री उपलब्ध नरहेकाले नुन मात्रै सहुलियत मुलयमा दिन सकिने कम्पनीका प्रदेश प्रमुख तेज बहादुर कुवँरले बताए । प्रतिकेजि २ रुपैया सस्तोमा नुन किन्न सकिने उनले बताए ।
बैतडीको पाटनमा रहेको साखाबाट सस्तोमा नुन लिन सकिने जनाइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहकार्यमा चामल, तेल, पिठो लगायतका सामाग्री पनि सहुलियत मुल्यमा बिक्रि गर्ने व्यवस्था भएपनि बैतडीमा व्यापार कम्पनीको साखा नै नरहेकाले उक्त सेवा सुविधाको पसल सञ्चालन नहुने भएको हो । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीको भवन निर्माण गरिरहेकाले आगामी वर्षदेखि सहुलियत मुल्यको पसल सञ्चालन गर्न सकिने बताइएको छ ।
बैतडी र डोटी बाहेकका सुदूरपश्चिमका ७ वटै जिल्लामा सहुलियत मूल्यका पसल सञ्चालन भएका छन् । सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँसम्म सस्तोमा बिक्री हुनेछ।
तर बैतडीमा भने साल्ट ट्रेडीङबाट नुन बाहेकका सामाग्री उपलब्ध हुने छैन ।