बैतडी।
पछिल्लो समय एकपछि अर्को गर्दै आफ्ना नयाँ–नयाँ कृतिहरु बजारमा ल्याइरहेका बैतडीका साहित्यकार कर्ण दयाल “सोराडी”ले रुपान्तरण नामक मुक्तक संग्रह बजारमा ल्याएकाछन् ।
यसअघि गजल, कविता, लघु कथा गरि ७ ओटा आफ्नै कृतिहरु बजारमा ल्याएका उनले अहिले आठौँ कृतिाको रुपमा मुक्तक संग्रह ल्याएका हुन् । मुक्तक संग्रहमा सामाजिक रुपान्तरण सम्वन्धीका २७० वटा मुक्तकहरु संग्रहित गरिएकाछन् ।
विगतदेखि विभिन्न साहित्यक संस्थाहरुले आयोजना गरेका मुक्तक लेखन प्रतियोगीताहरुमा भाग लिएर उत्कृष्ट स्थान समेत प्राप्त गर्न सफल “सोराड्ी”ले सुदूरको साहित्यिक यात्रामा ठूलो योगदान पु¥याएको सुदूरपश्चिम विश्वविद्यालय, भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्र निर्देशक डा. हरिशचन्द्र भट्ट बताउछन् ।
सोराडीको मुक्तक संग्रह “रुपान्तरणमा” समाजमा बिद्यमान खराब तथा गलत मूल्यमान्यता, रुढीवादी परम्परा, अन्धविश्वास, विभिन्न खाले भेदभाव, उत्पीड्न, दमन, शोषण, अन्याय, अत्याचार, भ्रष्टाचार,बेथिति, गरिबी, अभाव, बेरोजगारको पीडा, र तमाम खाले विकृति विसंगतिका बिरुद्धमा रचिएका रचनाहरुले सु–सभ्य मानव समाज निर्माण, सामाजिक न्याय , समानता, स्वाधिनता, आत्मनिर्भरता र सुशासनलाई पक्षपोषण गर्न खोजिएको छ ।