बैतडी,
बैतडीको दोगडकेदार गाउँपालिकाले भूउपयोग क्षेत्रको वर्गीकरण सम्पन्न गरीसकेको छ । कृषि तथा गैह्र कृषि गरी जग्गा वर्गीकरणको काम सम्पन्न गरेको हो ।
वर्गीकरणको काम सकिएसँगै पालिकाको भूउपयोग परिषद्बाट समेत पारीत भई कार्यान्वयनको चरणमा गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र बहादुर धामीले जानकारी दिए । यही २०८० वैशाखमा कन्सल्टेन्सीको जिम्मा दिई चार महिनामै सम्पन्न गरेको उनले बताए ।
जग्गा वर्गीकरण भएसँगै जग्गाको कित्ताकाट तथा अंशबन्डाको काम समेत सुचारु भएको पालिकाले जनाएको छ ।
वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र छन् । जग्गालाई १० समुहमा वर्र्र्गीकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।
बैतडीमा जग्गा वर्गिकरण गर्ने पालिका दोगडाकेदार पहिलो पालिका हो ।