बैतडी,
प्रस्तावित विद्यालय शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाहरूको विरुद्धमा नेपाल शिक्षक महासंघको आह्वानमा आइतबारदेखि देशैभरि विरोधको आयोजना गरिएको छ। सोही अनुरुपा आइतबार पहिलो चरणमा देशभरका स्थानीय तहमा पुगेर दबाबमूलक कार्यक्रमहरूको आयोजना गरेको छ ।
पहिलो चरण अन्तर्गत आइतबार देशका हरेकमा स्थानीय तहका कार्यालयमा सम्बन्धित पालिकाका शिक्षक–कर्मचारी उपस्थित भई बिहान ११ बजेदेखि दिउसो दुई बजेसम्म तीन घण्टा धर्ना दिने कार्यक्रम अनुरुप पाटन नगरपालिकामा धर्ना दिइएको छ ।
धर्नाको समापनसँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र स्थानीय तह समक्ष पेस गरिएको नपाल शिक्षक संघका नगर अध्यक्ष कृष्ण सिंह बिष्टले जानकारी दिए ।
धर्नाको समापनसँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र स्थानीय तह समक्ष पेस गरिएको र उक्त कार्यक्रमको संयोजन महासंघ र आबद्ध सम्बद्ध संस्थाका पालिका समितिले गरेको हो ।
शिक्षक महासंघ राष्ट्रिय समिति तथा सम्बन्ध घटक नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन्, नेपाल राहात शिक्षक संगठन, बालविकास शिक्षक संघर्ष समिति, नेपाल कर्मचारी शिक्षक परिषदले सयुक्त रुपमा धर्ना सहित सहमतिको छाया प्रति पेस गरिएको बिष्टले बताए ।
पहिलो चरणको आन्दोलनबाट आफूहरूको मागको सुनुवाइ नभएमा दोस्रो चरणको आन्दोलन सुरु हुने र त्यो काठमाडौं केन्द्रित गर्ने महासंघको तयारी छ।