बैतडी
बैतडीकी सामाजिक अभियन्ता सरस्वती नेपालीले अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” प्राप्त गरेकी छन् । दुई दशक यता मानव अधिकारका क्षेत्रमा कार्यरत नेपाली सहित विश्वका ६ जनालाई विश्व च्याम्पीयन घोषणा गदै उक्त अवार्ड प्रदान गरिएको हो ।
आज बिहान अमेरिकामा भएको कार्यक्रममा अवार्ड प्रदान गरिएको युएस डिपार्टमेण्ट र नेपाल स्थीत अमेरिकी राजदुतावासको वेब साइडमा उल्लेख गरिएकोछ ।
उक्त अवार्ड थाप्न अभियन्ता नेपालीलाई अमेरिका बोलाइएको थियो ।
राजदुतावासको वेबसाइडमा उल्लेख गरिएको छ,“सरस्वती नेपालीलाई एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा, सरस्वतीले नेपालमा सीमान्तकृत जाति, अपाङ्ग र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्ष भन्दा बढी समय बिताउनुभएको छ । उहाँको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । उहाँले २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजन सहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जित्नु भएको हो । सम्मान र समानताको खोजीमा उहाँको योगदान साहस र समर्पणको उदाहरण हो ।”
बैतडीको दशरथचन्द नगरपालिका–०४ गढीमा जन्मीएकी सरस्वती नेपाली करिव २५ दशक यता मानव अधिकारबादी अभियन्ताका रुपमा कृयाशील छन् । उनले १५बर्षको उमेरदेखी सामाजिक अभियानहरुमा काम गर्दै आएकी छन् । उनले हालसम्म मानअधिकार उल्लघनका दर्जनौ मुद्धाहरुमा वकालत गरेकी छन् । दलित, महिला, बालबालिका, पिछडावर्गका मुद्धाहरुमा वकालत गर्दै उनिहरुको न्यायका लागि अभियान चलाउदैँ आएकी छन् । उनले जिल्ला स्थीत संघ संस्था सञ्चालन गरि केहि व्यक्तिलाई रोजगारीको अवसरसंग जोड्नुका साथै असहाय र टुहुरा बालबालिकाहरुलाई साहारा दिने निकाय सम्म पु¥याएकी छन् ।
नेपालीले यसअघि समेत ५ लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड प्राप्त गरिसकेकी छन् ।
यस अवार्डले आफ्नो काम गर्ने हौसला बढेको अभियन्ता नेपालीले बताएकी छन् । आफ्नो बच्चै देखि अन्यायका विरुद्ध बोल्ने आदतले यहाँसम्म पुर्याएको उनको भनाई छ । समाजमा मानव–मानव बिच हुने विभेद कुनैपनि सचेत नागरिकलाई सह्य नहुने भन्दै बालापनदेखी आवाज उठाउदैँ आएकी उनले सामाजिक मुद्धाहरुमा सबैको साथ जरुरी रहेको बताएकी छन् । अन्यायमा परेकालाई न्याय दिनु आफ्नो कर्तव्य ठानेकी उनले यो अभियान निरन्तर जारी राख्ने बताएकी छन् ।