बैतडी: ड्डबैतडीको पाटन नगरपालिका–१० स्थित सरस्वती माध्यामिक विद्यालयमा शैक्षिण गुणस्तर अभिवृद्धिको लागि सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रमबाट शैक्षिक गुणस्तर सुधारको लागि कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको सरस्वती माविका प्रधानाध्यपक लोकराज भट्टले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्ट, वडास्तरिय शिक्षा समितिका संयोजक एवं वडा अध्यक्ष धन बहादुर कुवँर, पाटन नगरपालिकाका शिक्षा साखाका प्रतिनिधि बिर्खराज भट्ट, शिक्षक अविभावकसंघका पदाधिकारी, प्रद्यानाध्यापक लोकराज भट्ट सहित शिक्षक कर्मचारी एवं अविभावक र सरोकारवाला प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम भएको हो ।
शैक्षिक गुणस्तर सुधारको लागि सबै पक्षले गर्नुपर्ने भूमिकामा जिम्मेवार बन्नुपर्ने अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले धारणा राखेका थिए । पछिल्लो समयमा सामुदायिक विद्यालयको गुणस्तर खस्किएको गुनासो बढेका बेला यहाका सामुदायिक विद्यालयहरुले गुणस्तर सुधारका लागि केहि अतिरिक्त क्रियाकलापको आयोजना गरिरहेका छन् ।
ड्डउक्त कार्यक्रममा आधारभूत तह कक्षा १–५ को कक्षगत अवलोकन, विव्यस अत्रक्रिया, अविभावक अन्तरक्रिया र शिक्षकहरुसँग पनि अन्तरक्रिया समेत गरिएको थियो । शिक्षकहरुको शिक्षण सिकाई क्रियाकलापका अवलोकन गरिएको सरस्वती माविका शिक्षक गंगादत्त अवस्थीले जानकारी दिए ।
सरस्वती माविले शैक्षिक गुणस्तर सुधारका लागि वार्षिक शैक्षिक क्यालेन्डर अनुसार बिभिनन कार्याक्र हुदै आएका छन् ।