बैतडी ।
दार्चुलाको शैल्यसिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टको नाममा २६ लाख विगो दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेकोछ ।
पनेबाज–बन्तोली–बगौरा सडक निर्माणमा आर्थिक अनियमितता भएको भन्दै अख्तीयारले मुद्धा दायर गरेको बिषयमा बिष्टले आफुलाई नखाएको बिष लागेको बताएकाछन् ।
उनले भने,“त्यो सडकमा २आर्थिक बर्षमा गरेर ७० लाख बढी रकम बिनियोजन भएको हो । सडक खनिएको छ, म आफै गाडी चडेर पनि गएको छु, सडक राम्रै थियो, काममा के कमजोरी भयो, त्यो प्राविधिकले हेर्ने हो, मलाई किन यो मुद्धामा मुछियो अचम्ममा छु । मैले कसैबाट एक रुपयाँ घुस लिएको छैन् ।”
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित ७ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारविरूद्ध मुद्दा दायर भएको छ ।
नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेय, तत्कालीन इन्जिनियर राजेन्द्र सिंह, सब–इन्जिनियर दीपक सिंह विष्ट विरूद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्धा दायर भएको छ ।
यसैगरी उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशी विरूद्ध अख्तियारले २६लाख २ हजार ५सय ५६ रुपयाँ ११ पैसा विगो माग दाबी गरेर मुद्धा दायर गरेको छ ।